शुक्लाफाँँटा नगरपालिका-२ स्थित उखु रोपेको खेतमा आहारा खोज्न आएको तामे ढुकुर । समुहमा आउने यस प्रजातीको ढुकुर हिउँदका बेला तराई क्षेत्रमा देखा पर्ने गर्दछ । यसलाई अङग्रेजीमा ‘ओरिएन्टल टर्टल डभ’ भनिन्छ
Click on Photo to Enlarge
जनकपुरधामस्थित जानकी मन्दिरमा बुधबार पूजाअर्चनाका लागि आएका भक्तजन
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरस्थित ६६ दशमलव तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको बाँधदेखि सुरुङमा पानी लैजान निर्माण थालिएको एप्रोच कल्भर्ट । आईएमई समूहको हाइड्रो सपोर्ट प्रालि प्रर्वद्धक रहेको आयोजना निर्माण स्थलमा परिचालित भएको सिभिल ठेकेदार रुसुवा मल्टि जेभीले प्रारम्भिक चरणको पूर्वाधार निर्माणको काम सुरु गरेको छ
Click on Photo to Enlarge
बागलुङको बडिगाड गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र थामचौरबाट देखिएको धौलागिरि हिमशृङ्खला
Click on Photo to Enlarge
मुगुको पर्यटकीय क्षेत्रको रुपमा रहेको छायाँनाथ रारा नगरपालिकास्थित रारा ताल र आसपासको मङ्गलबार साँझपख देखिएको दृश्य
Click on Photo to Enlarge
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषद्वारा संयुक्त रूपमा आयोजित मधेस प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ मा जनकपुर–१६ का कलाकार विजय मण्डलद्वारा निर्मित परम्परागत माटाका मूर्ति । मूर्तिमा करिब चार दशकअघि यन्त्रको विकास नहुँदासम्म घरमा धान, गहुँ र दाल कुट्न तथा पिस्न प्रयोग हुने जातो चलाउँदै मिथिला पहिरनमा सजिएको एक महिलाको चित्रण गरिएको छ
Click on Photo to Enlarge
रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ ठाटीडाँडामा निर्माण गरिएको युद्ध सङ्ग्रहालय । जहाँ द्वन्द्वकालमा चौकी आक्रमण हुँदा राज्य पक्षका ३२ र विद्रोही पक्षका आठ गरी ४० जनाको मृत्यु भएको थियो
Click on Photo to Enlarge
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ मा अवस्थित नुम्बुर हिमालको काखमा अवस्थित जोरबौद्ध स्तूपा । पछिल्लो समय बौद्ध स्तूपा र हिमाल लगायत आसपासको क्षेत्र अवलोकन गर्न पर्यटक यहाँ आउने गरेका छन्
Click on Photo to Enlarge
मुग्लिन–पोखरा सडक विस्तार आयोजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित चुनपहरामा सडक विस्तार कार्य तीव्र रूपमा अघि बढ्दै । पहरा कटान गर्न अप्ठ्यारो भएकाले मर्स्याङ्दी नदीको किनारमा पर्खाल निर्माण गरी चार लेनको सडक निर्माण गर्ने काम भइरहेको छ
Click on Photo to Enlarge
ड्रोनबाट खिचिएको चितवनको भरतपुर महानगरपालिकाको रामपुरस्थित निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र आसपासको क्षेत्र