म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ मा पर्ने पर्यटकीयस्थल टोड्केमा अवस्थित शिवालय मन्दिर । स्वर्गद्वारी महाप्रभुले तपस्या गरेको उक्त क्षेत्रलाई स्वर्गद्वारी आश्रम, प्युठानको शाखाका रूपमा लिइन्छ
Click on Photo to Enlarge
म्याग्दीको धवलागिरि गाउँपालिका– ३ मुनादेखि पर्यटकीयस्थल मालिकाधुरी जाने पदमार्गबाट देखिएको गुर्जा र चुरेन हिमालको हिम शृङ्खला
Click on Photo to Enlarge
शुक्लाफाँटा नगरपालिका-२ रानीपुर गाउँका महिला गहुँबारीबाट पशुचौपायालाई खुवाउन घाँस निकाल्दै
Click on Photo to Enlarge
भोजपुरको ‘मुन्दुम पदमार्ग’ पर्ने समुन्द्री सतहबाट तीन हजार १५ मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र हाँसपोखरी
Click on Photo to Enlarge
मुस्ताङ जिल्लाकै महत्त्वपूर्ण र ऐतिहासिक सम्पत्ति लोमान्थाङ दरबार र आसपासका क्षेत्र । करिब ७ सय वर्ष भन्दा बढी लामो इतिहास बोकेको यस दरबार १४ औँ शताब्दीमा तत्कालीन राजा आङ्देन साङ्वो बिष्टको कार्यकालमा बनेको हो
Click on Photo to Enlarge
रङ्गहरूको पर्व भनेर चिनिने फागुपूर्णिमा (होली)का अवसरमा शुक्रबार काठमाडौँको वसन्तपुरस्थित हनुमान ढोका दरबार क्षेत्रमा ठड्याइएको चीर । फागुन शुक्ल अष्टमीका दिन हनुमान ढोका दरबार अगाडी चीर ठड्याएपछि देशभर होली पर्व सुरु भएको मान्ने प्रचलन रहेको पाइन्छ
Click on Photo to Enlarge
म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा पर्ने लुलाङ गाउँका ढुङ्गे घर र वरपरको पाखामा गरिएको गहुँ खेती । लुलाङ म्याग्दीको सबैभन्दा ठूलो दलित समुदायको बसोबास भएको गाउँ हो
Click on Photo to Enlarge
मुस्ताङ जिल्लाको कोरला नाकामा चीनको स्वशासित क्षेत्र तिब्बतबाट बिक्रीका लागि ल्याइएका सामान र पृष्ठभूमिमा हिमाल । अघिल्लो हप्ताको हिमपातपश्चात् कोरला नाका आसपासका क्षेत्रहरू हिउँले सेताम्मे भएका छन् । कोरला नाकामा अत्यधिक चिसो भएकाले हिउँ पग्लिन अझै केही समय लाग्ने स्थानीय बताउँछन्
Click on Photo to Enlarge
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जालाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्न निर्माणधीन सडकखण्ड अन्तर्गत देउराली धुरीमा पहाड काटेर बनाइएको सडक
Click on Photo to Enlarge
तनहुँको ऋषिङ गाउँपालिका–१ मा बाँध निर्माणका लागि सेती नदी फर्काउन निर्माण गरिएको सुरुङ । ऋषिङ–१ र व्यास–५ भएर बग्ने सेती नदी फर्काउन छ सय मिटर लामो सुरुङ बनाइएको हो