कञ्चनपुरको बेलौरी नगरपालिका-५ भकुण्डा नजिकको क्षेत्रमा देखिएको हारिल ढुकुर । चौपाते सदावहार वन क्षेत्रमा बस्ने यो ढुकुर बेलाबखत वन क्षेत्र नजिकका बस्तीमा पनि देखा पर्ने गर्दछ
Click on Photo to Enlarge
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित पाँच हजार एक सय मिटर उचाइमा रहेको टिप्ताला नाकाबाट देखिएको चीन क्षेत्रका भूभाग
Click on Photo to Enlarge
मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा रहेको छोसेर (झोङ) गुफा । उपल्लो मुस्ताङको ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको यस गुफा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । स्थानीयका अनुसार यो गुफा पाँच तल्लाभन्दा बढी अग्लो र गुफाभित्र एक सय आठ कोठा रहेको बताइएको छ
Click on Photo to Enlarge
पृथ्वी राजमार्गको मुग्लिन–पोखराअन्तर्गत सडक विस्तारपछि पूर्वी खण्डको दमौली–डुम्रेको घाँसीकुवा क्षेत्र । सडक विस्तारसँगै यात्रामा सहज भएको छ
Click on Photo to Enlarge
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको छिम्केश्वरी पार्क । नेपालको झण्डा सहितको पार्कले आन्तरिक पर्यटकको ध्यान खिचेको छ
Click on Photo to Enlarge
मनाङ र लमजुङको सीमामा अवस्थित जगत गाउँ
Click on Photo to Enlarge
भेरी करिडोरको रुकुम पश्चिम आठबिसकोट नगरपालिका– ६ त्रिवेणीबाट डोल्पाको मुडकेचुला र जगदुल्ला गाउँपालिकामा आउजाउ सहजता का लागि भेरी नदीमा बनाएको अस्थायी संरचना । यहाँ जगदुल्ला जलविद्युत आयोजनाले पक्की पुल निर्माण गर्न लागे पनि लामो समयदेखि उक्त काम अलपत्र पर्दै आएको छ
Click on Photo to Enlarge
सङ्खुवासभाको धर्मदेवी नगरपालिका–४ स्थित याख्खा चोकमा निर्माण गरिएको डोकेनीको स्तम्भ । डोकेनी याख्खा राई जातिको पहिचानसँग जोडिएको मानिन्छ
Click on Photo to Enlarge
पर्यटकीय राजधानी पोखराको फेवातालमा बुधबार साइकल बोर्डमा सयर गर्दै पर्यटक
Click on Photo to Enlarge
लमजुङ र मनाङको सीमा जोडिएका मनाङको नासो गाउँपालिका–१ मा अवस्थित तालगाउँ । समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाईमा रहेको यो गाउँ आगन तालगाउँको रुपमा परिचित छ