चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–८ नन्देश्वरा हुँदै मनाङ जाँदै विदेशी पर्यटक । जाडो याममा सुनसान जस्तै बनेको यस पदमार्गमा गर्मी बढ्न थालेसँगै केही दिनदेखि पर्यटक बढ्दा यस पदमार्ग आसपासका होटल व्यवसाय चलायमान हुन थालेको छ
Click on Photo to Enlarge
मुस्ताङको जोमसोम–मुक्तिनाथ सडकखण्डमा पर्ने वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ मा अवस्थित एक्लेभट्टी गाउँ र आसपासका क्षेत्र
Click on Photo to Enlarge
वीरगञ्जको घण्टाघरचोकमा यात्रुको प्रतिक्षामा बसेका रिक्साचालक । उनीहरु भन्छन् ‘पछिल्लो समय रिक्सा चढ्ने यात्रु घटेपछि यहाँ रिक्सा चलाउनेले दैनिक मुस्किलले रु ५०० कमाई गर्ने भएकाले घरपरिवारको गुजारा चलाउन पनि गाह्रो भइरहेको छ
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका वडा नं १ र २ मा अवस्थित कृत्रिम चेपे दह र झोलुङ्गेपुल
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पर्यटकीयस्थल घोरदौरामा सञ्चालनमा आएको घोरदौरा जीपलाइन एन्ड एडभेन्चर रिसोर्टमा स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक । रिसोर्टमा स्काइ साइकिलिङसँगै जीप लाइन पनि सञ्चालनमा छ
Click on Photo to Enlarge
मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङ बजारमा रहेको सात सय वर्ष पुरानो ऐतिहासिक छोर्तेन । उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक सम्पदाका कारण उपल्लो मुस्ताङको लोमान्थाङ पर्यटकीय आर्कषणको केन्द्र बनेको छ । लोमान्थाङमा पर्यटन मन्त्रालय अन्तर्गत पुरातत्व विभागले दुई वर्ष अघि त्यहाँका ऐतिहासिक माने र छोर्तेनहरुको मर्मत तथा स्तरोन्नति गरेको थियो
Click on Photo to Enlarge
मकवानपुरको मनहरी गाउँपालिमा रहेको लोपोन्मुख वनकरिया समुदाय चैते धान रोप्दै । डेढ दशक अगाडिसम्म अन्न खान मुस्किल पर्ने र खेतीपाती नगर्ने फिरन्ते समुदायको रुपमा रहेको लोपोन्मुख वनकरिया हाल खेतीपाती र पशुपालन गर्न थालेका छन्
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँ र वडा नम्बर–३ स्याङ गाउँ जोड्ने मार्फा खोलामाथि निर्माण भएको मोटरेवल पुल । उक्त पुल निर्माण भएपछि पशु चौपाया, सवारीसाधन, स्थानीय र पर्यटकलाई आवतजावतमा सहज भएको छ
Click on Photo to Enlarge
तनहुँको सदरमुकाम दमौली बजारसहित मादी नदी र आसपासको ड्रोनबाट खिचिएको दृश्य
Click on Photo to Enlarge
शुक्लाफाँटा नगरपालिका– ८ चुरे फेदीको धार्मिक पर्यटकीयस्थल मुडाकामा लागेको मेलामा निगालोबाट बनेका नाङलो, टोकरीलगायनका परम्परागत सीपको प्रयोग गरी घरमै बुनेका सामग्री बेच्न बसेका स्थानीय बासिन्दा । मेलामा किसानले परम्परागत सीपमा आधारित समानदेखि खेतबारीमा उत्पादन गरेका कृषिउपज बिक्रीका लागि लैजाने गरेका छन्