

काठमाडौँ, जेठ १८ गते । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घले बजेट पछिको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले बजेटमा पर्याप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको बजेटले सम्बोधन गर्ने बताए।
उनले अहिलेको सरकार ५ वर्षका लागि भएकाले एउटा मात्रै बजेटमा सबै विषय अपेक्षा नगर्न आग्रह गरे । उनले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्राहस्थ उत्पादन पुग्ने बताए।
भूकम्पपछि कुल ग्राहस्थ उत्पादनको तुलनामा ३७ प्रतिशतसम्म आएकोमा अहिले करिब प्रक्षेपित जीडीपीको २८ प्रतिशत मात्रै विनियोजन गरिएको उनले बताए।
अर्थमन्त्री वाग्लेले १५ सय ८० अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको बताउँदै ऋणमा धेरै भर नपरेको बताए। उनले जीडीपीको तुलनामा ऋण ४३ प्रतिशत बढी नहुने बताए।
७ प्रतिशतको आर्थिक वृद्धि २१ खर्ब २४ अर्बले मात्र नभई प्रक्षेपित ७४ खर्बको जीडीपीले गर्ने बताए । उनले बजार चलायमान बनाएर ७ प्रतिशत आर्थिक वृद्धि गर्न सक्ने बताए।
उनले आगामी वर्षको बजेटमा नयाँ कार्यक्रम नभएको पुराना कार्यक्रमको दायित्व बढी हुँदा चापमा परेको बताए । उनले यो वर्ष मुख्य राजमार्ग निर्माण सम्पन्न हुने भन्दै सिद्धार्थ राजमार्गको निर्माणको काम अघि बढ्ने समेत बताए।
‘अहिले बुटवलबाट पोखरा जाने सडक विस्तार गर्दा ३५ अर्ब लाग्छ,’ उनी भन्छन्, ‘हामीले एक्सप्रेस वे बनाउने कि भन्ने सोचेका छौँ तर १ खर्ब लागत अनुमान छ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































