06/01/2026, 09:19:54
सोमबार, जेठ १८, २०८३

राष्ट्रपतिद्वारा दुई ‘निर्वाचनसम्बन्धी विधेयक’ प्रमाणीकरण


काठमाडौँ, जेठ १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार दुवै विधेयक आइतबार नै प्रमाणीकरण भएका हुन् । प्रमाणीकरणसँगै यी विधेयक कानुनी प्रक्रिया अनुसार कार्यान्वयनको चरणमा प्रवेश गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।