तनहुँको भानु नगरपालिका–७, बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिरमा श्रद्धालु भक्तजन । समुद्री सतहबाट करिब एक हजार २०० मिटरको उचाइमा रहेको यो मन्दिरमा साउन महिना, औँशी र एकादशी वाहेक हरेक महिनाको मङ्गलबार भक्तजनहरु पञ्चेबाजासहित फूलको डोली लिएर आउने गर्छन्
Click on Photo to Enlarge
हिमाली जिल्ला मुस्ताङमा ढुङ्गा र माटोले निर्मित परम्परागत घरको छतमाथि मिलाएर राखिएको दाउरा । घरको छतमा दाउरा राख्दा घर नचुहिने उनीहरु बताउँछन्
Click on Photo to Enlarge
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरी भरियामार्फत् घर फर्कँदै गरेका तीर्थयात्री । हिँड्न नसक्ने भक्तजनहरूले भरियाको सहयोगमा पाथीभराको दर्शन गर्ने गरेका छन्
Click on Photo to Enlarge
चितवनको भरतपुर महानगरपालिका–११ अवस्थित गणेशस्थानमा स्थापना गरिएकोे विघ्नहर्ता गणेशको मूर्तिमा मङ्गलबार पूजाअर्चना गर्दै भक्तजन
Click on Photo to Enlarge
सुनसरीको इनरुवा नगरपालिका-९ मा आहाराको खोजीमा रहेको हुटिट्याउँ । हुटिट्याउँको मुख्य आहारा जमिनमा भेटिने किरा-फट्याङ्ग्रा हो
Click on Photo to Enlarge
मनाङ ङिस्याङ गायँपालीका-५ मुङ्जीस्थित चामे खाङसर सडक छेउमै रहेको छोर्तेन
Click on Photo to Enlarge
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१ र लोमान्थाङ गाउँपालिकाको बीचमा पर्ने सम्डुप बौद्ध स्तुपा (चैत्य) र पृष्ठभूमिमा निलगिरि हिमाल। करिब पाँच सय वर्ष पुरानो यो छ्योर्तेन (बौद्ध स्तुपा) अमेरिक हिमालयन फाउन्डेसनले निर्माण गरेको हो । कोरोला घुम्न जाँदा सडक नजिकै पर्ने यो स्तुपा तिब्बतीयन भाषामा सम भनेको मन र डुप भनेको प्राप्त हो । अर्थात् आफूले कामना गरेको चिज प्राप्त हुनु हो
Click on Photo to Enlarge
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा (पूर्वी खण्ड)अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ गोल्ला, कमलबारीमा विस्तारपछिको सडक । पूर्वी खण्डको ७८ दशमलव ९५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ
Click on Photo to Enlarge
प्युठानको स्वर्गद्वारी नगरपालिका–२ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारी मन्दिर