हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीकाे पुन करिब चार वर्षअघि निर्माण सम्पन्न भएपनि सञ्चालनमा नआउँदै भासिएपछि पुनः निर्माण गरिँदै । पुल सञ्चालनमा नआउँदा सिरहा र सप्तरी जिल्लाका सर्वसाधारणलाई मधेस प्रदेशको राजधानी जनकपुरधाम आवतजावत गर्न कठिनाइ भइरहेको छ
Click on Photo to Enlarge
सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश गौरवको आयोजना कर्णाली प्रदेश रङ्गशालाको ड्रोन क्यामराबाट कैद गरिएको दृश्य । रु एक अर्ब ४७ लाख ४७ हजार ६०० को लागतमा निर्माण भएको उक्त रङ्गशालामा आगामी २०८२ सालको जेठ ३ देखि १० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका–४ पक्की पुलबाट देखिएका कालीगण्डकी नदी माथि पुनःनिर्माण पछिको व्यवस्थित काठेपुलसँगै जोमसोम बजार, हिउँसहितको धौलागिरि र निलगिरि हिमाल
Click on Photo to Enlarge
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित मस्र्याङ्दी जलविद्युत केन्द्रको जलाशयसँगै रहेको मुग्लिन–पोखरा सडकखण्डमा पर्ने चार लेनको फराकिलो चिटिक्क कालोपत्रे सडक । पूर्वी खण्डमा सडक विस्तार कार्य करिब ८० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ
Click on Photo to Enlarge
सुनसरीको इनरुवा नगरपालिका-२ का किसान बजारमा बिक्री गर्न लैजान बारीमा लाैका टिप्दै । लाैका स्थानीय बजारमा ४०-५० रुपियाँ प्रतिगाेटा बिक्री हुने किसान बताउँछन्
Click on Photo to Enlarge
सुर्खेतको वीरेन्द्रनगर-३ मसुरिखेतमा ढकमक्क फुलेको आँपको रुखमा बसेका सेतो बकुल्लाका बथान
Click on Photo to Enlarge
दाङ देउखुरीको लमही नगरपालिका–५, स्थित लमही बजार नजिक पूर्व-पश्चिम राजमार्गको किनारमा अवस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
Click on Photo to Enlarge
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको कार्यालय परिसरमा राखिएको मकैको प्रतिमा
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका(२ मार्फा खोला पक्की पुलबाट देखिएको मार्फागाउँ र आसपासको क्षेत्र । पछिल्लो समय मार्फा गाउँ आन्तरिक पर्यटकको लागि प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको गएको छ
Click on Photo to Enlarge
मुडकेचुला गाउँपालिका –२ स्थित कालिका गाउँ । यो गाउँ केही समयअघिमात्रै सडक सञ्जालसँग जोडिएको छ