काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप ड्याम
Click on Photo to Enlarge
जिल्लाको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिरमा शनिबार पूजाअर्चनाका लागि आएका भक्तजनको बिहानैदेखि लागेको घुइँचो । सदरमुकाम दमौलीबाट ८ किलोमिटर पूर्वदिशामा यस मन्दिर अवस्थित छन्
Click on Photo to Enlarge
दाङ देउखुरीको लमही नगरपालिका-५ स्थित लमही बजार नजिकै अजम्मरी सामुदायिक वन उपभोक्ता समितीद्वारा सञ्चालित ‘जैविक विविधता ग्रिन पार्क’
Click on Photo to Enlarge
इलामको माङसेबुङ गाउँपालिका-६ स्थित पर्यटकीय क्षेत्र पारुहाङ साकेला थानमा राखिएको वाबु (चिण्डो)को प्रतिमा । स्थानीयले आर्थिक सङ्कलन गरी वाबुको प्रतिमा निर्माण गरी सकेलाथानमा राखेका हुन् । वाबु अर्थात चिण्ड किरात राईहरुको महत्वपूर्ण साँस्कृतिक सामाग्री हो । राईहरुले जन्मदेखि मृत्युसम्मको संस्कारमा चिण्डो प्रयोग गर्ने गर्छन्
Click on Photo to Enlarge
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी जानको लागि सिद्धार्थनगर नगरपालिकामा अवस्थित लुम्बिनी प्रवेशद्वार । जहाँ हजारौँ सङ्ख्यामा पर्यटक बेलहिया नाकाबाट पदमार्ग भएर लुम्बिनी दर्शनको लागि आउने गर्दछन
Click on Photo to Enlarge
काठमाडौँको रातोपुल आसपास धोविखोला करिडोरमा वसन्त ऋतुमा फुलेका रङ्गीचङ्गी फूल
Click on Photo to Enlarge
लमजुङ सुन्दरबजार नगरपालिका र राईनस नगरपालिका जोड्न मर्स्याङदी नदीमा निर्माण गरिएको मोटरपुल । यो पुल मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्दछ
Click on Photo to Enlarge
वीरेन्द्रनगर-१० स्थित बुलबुले ताल । पछिल्लो समय ताललाई व्यवस्थित गरेसँगै यहाँ आउने पर्यटकको संख्या बढेको छ
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्लेगाउँ नजिकै रहेको ढुम्बा तालमा रमाउदै पर्यटक । पछिल्लो समय मुस्ताङ घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटक यो ताल अवलोकन गर्न आउने गर्छन्
Click on Photo to Enlarge
सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजार । नुम्बुर हिमालको काखमा रहेको सल्लेरी बजार दुई हजार ३५० मिटरको उचाइमा रहेको छ