तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध निर्माणस्थल । ऋषिङ–१ र व्यास–५ को सीमाना सेतीनदीमा बाँध निर्माणका लागि जग खन्ने काम सकिएको छ
Click on Photo to Enlarge
पोखराको ड्याम साइडबाट सोमबार बिहान फेवातालमा देखिएको माछापुच्छ्रे हिमालको अद्भूत दृश्य । कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाललगायतका प्राकृतिक छटाको रसस्वादन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन्
Click on Photo to Enlarge
तनहुँको बन्दीपुर गाउँपालिका–४ ठुलढुङ्गादेखि बरालथोकसम्म एक हजार सात सय मिटर लामो ‘बन्दीपुर केवलकार’बाट सोमबार बिहान देखिएको मनास्लु र बौद्ध हिमालको मनोरम दृश्य
Click on Photo to Enlarge
मुक्तिनाथ मन्दिर नजिकै रहेको नर्सिङ गुम्बा र आसपासको क्षेत्र । बौद्ध धर्मावलम्बीको आस्थाको रुपमा रहेको यो गुम्बालाई लामा भाषामा (म्हाम्ह्रे ल्हाखाङ) भनिछ
Click on Photo to Enlarge
रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित सल्ले विमानस्थल र खलङ्गा बजार
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका– १८ स्थित ढोडेनीको मजुरेडाँडामा अवस्थित नमः छु बौद्ध गुम्बा
Click on Photo to Enlarge
रुकुम पूर्वमा हिमपातको कारण अवरुद्ध लुकुम–पातिहाल्ना खण्डमा जेसिवीले हिउँ पन्छाउँदै
Click on Photo to Enlarge
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ र ४ को सिमानामा निर्माणको अन्तिम चरणमा पुगेको बाँध । यस आयोजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ
Click on Photo to Enlarge
‘ङालाकेगु जात्रा’ (माछा मार्ने जात्रा) अन्र्तगत भक्तपुरको टिबुक्छेमा माहाकाली नाच प्रस्तुत गर्दै देवगण । यो जात्रा नगरका २१ स्थानमा प्रदर्शन हुने गर्दछ
Click on Photo to Enlarge
मौसम खुलेपछि पोखरा महानगरपालिका–१४ गोर्खा भिलेजबाट आइतबार बिहान देखिएको माछापुच्छ्रे हिमाल