विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको प्रसिद्ब चाँगुनारायण मन्दिर। भक्तपुर नगरबाट ६ कि।मी। उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्त्वपूर्ण रहेको छ । यो मन्दिर उपत्यकामा रहेको प्राचिन मन्दिरमध्य सबैभन्दा पुरानो मानिन्छ
Click on Photo to Enlarge
विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको प्रसिद्ब चाँगुनारायण मन्दिर। भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्त्वपूर्ण रहेको छ । यो मन्दिर उपत्यकामा रहेको प्राचिन मन्दिरमध्य सबैभन्दा पुरानो मानिन्छ
Click on Photo to Enlarge
काठमाडौँको न्यूरोडस्थित भूगोल पार्कमा बिहीबार विश्राम गर्दै गरेका सर्वसाधारण
Click on Photo to Enlarge
काठमाडौँ महानगरपालिका-८ स्थित ग्वल: क्षेत्रमा मनाइने ऐतिहासिक बज्रेश्वरी जात्राको देशोद्वार पूजा गर्न पिङ्गमाई मन्दिरमा जाँदै भक्तजन
Click on Photo to Enlarge
काठमाडौँ महानगरपालिका १६ स्थित बालाजुमा रहेको बाइसधारा उद्यान भित्र बुधबार घुम्न आएका सर्वसाधारण । यस उद्यानमा दैनिक सयौँ व्यक्ति घुम्न आउने भए पनि यहाँको पूर्वाधार भने व्यवस्थित हुन सकेको देखिँदैन
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँबाट देखिएको सात सय वर्ष पुरानो ऐतिहासिक महत्त्व बोकेको घरपझोङ किल्लाको दृश्य । यही किल्लाको नामबाट घरपझोङ गाउँपालिका रहन गएको हो भने केही वर्षअघि मात्रै यस स्थान वरपर सुन्दर स्तूपा र प्रतीक्षालयको निर्माण गरिएको थियो
Click on Photo to Enlarge
नारायणी नदी किनारमा रहेको घाँसे मैदानमा चर्दै गरेको एक सिङ्गे गैँडा । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यवर्ती क्षेत्रमा रहेका सिमसार र घाँसे मैदानमा एक सिङ्गे गैँडाहरू आकर्षित हुने गरेका छन्
Click on Photo to Enlarge
दाङको गढवा गाउँपालिका -५ बाँकीका स्थानीय थारु समुदायका महिला वनबाट दाउरा लिएर फर्किँदै । गाउँमा खाना बनाउने इन्धनको रूपमा दाउरा प्रयोग गर्ने गरिन्छ
Click on Photo to Enlarge
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-१ मा बरूण सरोवरको पूर्वी डीलमा अवस्थित खानेपानीको ट्याङ्की । यहाँबाट नगरभित्रका १० हजार बढी जनसङ्ख्यालाई दैनिक रूपमा खानेपानी वितरण हुँदै आएको छ
Click on Photo to Enlarge
इलामको देउमाई नगरपालिकामा चियापत्ती टिप्दै मजदुर । इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिप्न सुरु गरिएको छ