मनाङ ङिस्याङ गाउँपालिका–५ स्थित अन्नपूर्ण हिमशृङ्खलाको फेदीमा रहेको ‘क्लिन लेक’ र अन्नपूर्ण दोस्रो हिमशृङखला
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका-४ स्थित चेछेन कुङ्गा छेखोरलिङ गुम्बा र धौलागिरी र मानापाथी हिमाल । यस गुम्बाबाट देखिने मनोरम दृश्यले मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ
Click on Photo to Enlarge
मनाङ ङिस्याङ गाउँपालिका-५ मुङ्जेबाट देखिएको मनाङभ्याली, मर्स्याङ्दी नदी र पृष्ठभूमिमा तिलिचो पिक
Click on Photo to Enlarge
मनाङ ङिस्याङ गाउँपालिका–५ मुङ्जेस्थित मर्स्याङ्दी नदीको अलपत्र अवस्थामा रहेको मोटर पुल । यो पुल निर्माण गर्न सडक डिभिजन कार्यालय दमौलीसँग विस २०७४ असारमा समझौता गरेको दि क्यारभान जेभी कम्पनीले पटकपटक म्याद थप गर्दा पनि अझै अलपत्र अवस्थामा छ। सवारीसाधन काठको जीर्ण पुलको भरमा आवतजावत गर्न बाध्य छन्
Click on Photo to Enlarge
कञ्चनपुरको सनवोरा नदीमा आहाराको खोजीमा रहेको सिमकुखुरा । जलीय वनस्पतिले ढाकिएको सीमसार क्षेत्र र नदी आसपासका क्षेत्रमा सिमकुखुरा पाइने गरिन्छ
Click on Photo to Enlarge
हिमाली जिल्ला मनाङमा चिसोमा जमेका छागाछहरा । तस्बिरमा मनाङ ङिस्याङ ५ मा अस्थित जमेको छहरा अझै पग्लिएको छैन
Click on Photo to Enlarge
मुस्ताङको थासाङ गाउँपालिका–३ स्थित लेते बजार र पृष्ठभूमिमा देखिएको सेताम्मे धौलागिरि हिम शृङ्खला । पछिल्लो समय लेते बजार यिनै मनोरम दृश्यका कारण मुस्ताङ घुम्न आउने आन्तरिक पर्यटकका लागि पर्यटकीय हव बनेको छ
Click on Photo to Enlarge
महोत्तरी जिल्लाको बर्दिबास बजार र आसपास क्षेत्रको हवाई दृश्य । पछिल्लो समय यो बजार व्यापारिक केन्द्रका रुपमा तिव्र विकास हुँदै गएको छ
अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-५ मुङजेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमाल र आसपासको क्षेत्र । ७ हजार ५५५ मिटर उचाइमा रहेको यस हिमालमा पछिल्लो सयम हिउँ घट्दै गएको छ