मध्यनेपाल नगरपालिका-७ करापुटारमा शनिबार चैते धान रोपाइँ गर्दै रोपहार
Click on Photo to Enlarge
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा रहेको धार्मिक तथा ऐतिहासिक भुल्केदेवी मन्दिर
Click on Photo to Enlarge
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीधाममा चैत्र कृष्ण औँसीको दिन शनिबार आएका भक्तजनको घुइँचो । आफ्ना दिवंगत भएका पितृहरुका लागि आफन्तले श्राद्ध, तर्पण र पिण्डदान गर्नुकासाथै कागबेनीस्थित कागखोला र कालीगण्डकी नदीमा आज स्नान गर्दछन्
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका-१८ स्थित घोरदौराका स्थानीय शनिबार बिहान धारामा खानेपानी भर्दै । नजिकमा पानीको मुहान नहुँदा यहाँका १८ घरधुरीले दैनिक एक घण्टा आउने एउटा सार्वजनिक धाराबाट खानेपानीको जोहो गर्ने गर्दछन्
Click on Photo to Enlarge
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ स्थित सनवोरा नदीमा जैविक तटबन्ध निर्माण गर्दै स्थानीय । वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले उपभोक्ता समिति गठन गरी नदी नियन्त्रण गर्नका लागि एक सय ७५ मिटर लामो बाँसको जैविक तटबन्ध निर्माण गरिरहेका छन्
Click on Photo to Enlarge
स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाको सङ्गमस्थलमा अवस्थित जिल्लाकै प्रसिद्ध धार्मिकस्थल गह्रौँसुर मन्दिर
Click on Photo to Enlarge
काठमाडौँ महानगरपालिका– ४ मा अवस्थित शङ्खपार्कमा फुलेका विभिन्न रङ्गीचङ्गी फूल
Click on Photo to Enlarge
काठमाडौँ महानगरपालिका–४ मा अवस्थित शङ्खपार्क र आज पार्कमा घुम्न आएका सर्वसाधारण । यहाँ शङ्खको स्तम्भ राखिएको छ
Click on Photo to Enlarge
लमजुङ र मनाङ प्रवेश गर्ने व्यापारिक केन्द्र डुम्रे आसपासको दृश्य । मुग्लिङ–पोखरा सडक वस्तार गरिएपछि यात्रुहरुलाइ सहज बन्दै गएको छ
Click on Photo to Enlarge
वीरगञ्जस्थित घण्टाघर मर्मतसम्भारको लागि बाधिएको खट । एक महिनाअघि घण्टाघरको केही भाग चर्किएपछि वीरगञ्ज महानगरले आवश्यक मर्मतसम्भारको काम अघि बढाएको हो