काली गण्डकी नदीमा निर्माण भएको मुस्ताङ—डोल्पा जोड्ने पुल । पुल बनेपछि काली गण्डकीपारिका गाउँहरु पाक्लिङ, फ्ल्याक, धाकार्जुङ र साङ्गा गाउँसहित उपल्लो डोल्पाका नागरिकहरुलाई मालसामान ढुवानी र आउजाउमा निकै सहज भएको छ
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर क्षेत्रमा रहेको नारच्याङ पञ्चकुण्ड ताल
Click on Photo to Enlarge
भक्तपुर दरबार स्क्वायरमा हलिं नेवा दबुले शुक्रबार आयोजना गरेको आठौं नेवा दिवस कार्यक्रममा भैरव नाच प्रस्तुत गर्दै कलाकार
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनी गाउँ माथिको उच्चलेक भ्रप्सोमा हिमाली लोपोन्मुख झोपा । मुस्ताङका किसानले हिमाली झोपालाई खेतबारी जोत्न र भारी बोकाउने काममा प्रयोग गर्ने गर्छन्
Click on Photo to Enlarge
मुस्ताङको थासाङ गाउँपालिका-३ स्थित लेतेबाट शुक्रबार देखिएको धौलागिरी हिमाल र आसपासको क्षेत्र
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका-१८ स्थित शक्तीपीठ अम्बिकेश्वरी मन्दिरमा चैते दसैँको सप्तमीका दिन शुक्रबार पूजा आराधना र दर्शनका लागि लामबद्ध भक्तजन
धनुषाको विदेह नगरपालिका–५ एकराहीस्थित पोखरी घाटमा बिहीबार चैती छठ पूजाका लागि पूजा सामग्री र साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न उपस्थित श्रद्धालु भक्तजनहरू
Click on Photo to Enlarge
सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको पर्यटकीयस्थल गुफापोखरी । दुई हजार ८९० मिटर उचाइमा रहेको गुफापोखरी आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रूपमा परिचित छ
Click on Photo to Enlarge
बागलुङका चैते दशैं मेलामा बिक्रीका लागि राखिएको ठेका ठेकी । पछिल्लो समय मेलामा ठेका ठेकी र डालाको व्यापार घट्दै आएको छ