मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिरमा पूजा आराधना गर्न भक्तजनको भीड
Click on Photo to Enlarge
नेकपा(एमाले)का महासचिव शंकर पोखरेल मङ्गलबार वीरेन्द्रनगरमा नेकपा एमाले सुर्खेतले आयोजना गरेको बृहत् जनप्रदर्शनसहितको जागरणसभालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेत विमानस्थलमा
Click on Photo to Enlarge
तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय स्थल मानुङकोटमा निर्माण गरिएको पैदलमार्ग । मानुङकोट पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेपछि यहाँ पूर्वाधार थपिने क्रम जारी छ
Click on Photo to Enlarge
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ आज असनबाट तानेर हनुमाढोका तर्फ लगिँदै । रथ जात्रा हिजो तीनधारा पाठशालाबाट असनसम्म पुर्याइएको थियो
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका-१२ स्थित हापुरमा दुई बिगाह क्षेत्रफलमा फैलिएको साततले जलाशय
Click on Photo to Enlarge
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–थर्पुको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्डमा आस्फल्ट प्रविधिको कालोपत्रे गरिएको सडक। गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेटमा निर्माण भएको उक्त मार्ग व्यास–५ को रानीटारी, म्याग्दे–७ र ३ हुँदै पृथ्वी राजमार्गसँग जोडिएको छ
Click on Photo to Enlarge
कञ्चनपुरको शुक्लाफाँटा–८, चुरे क्षेत्रमा अवस्थित वनमा लागेको डढेलो नियन्त्रण गर्दै सशस्त्र प्रहरीका जवान । सशस्त्र प्रहरी, बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता र मणिधाम टोलका व्यक्तिहरुको प्रयासमा वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ
Click on Photo to Enlarge
सुनसरीको इनरुवा नगरपालिका–२ मा देखिएको फुस्रो टाउके सारौं । नेपाल, भारत र दक्षिणपूर्व एशियाको खुला गाउँ, खुला जङ्गली क्षेत्र र खेतीपातीमा पाइने यो आंशिक रूपमा प्रवासी चरा हो
Click on Photo to Enlarge
स्थानीयको श्रमदान र दाताको सहयोगबाट ओखलढुंगाको मैदानेमा निर्माण भएको बौद्ध चैत्य । जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ मैदानेमा दाताबाट सङ्कलन भएको ४० लाख, र स्थानीयको श्रमदानबाट सुन्दर बौद्ध चैत्य निर्माण भएको हो । शेर्पा समुदायको बाक्लो बस्ती रहेको यसक्षेत्रमा धार्मिक अनुष्ठानका लागि स्थानीय र दाताको सहयोगबाट ३५ फिट अग्लो बौद्ध चैत्य निर्माण भएको छ
Click on Photo to Enlarge
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ स्थित भारतसँग जोडिएको मुख्य भन्सार नाका भिट्ठामोडमा मुगल शैलीमा निर्माण गरिएको प्रवेशद्वार । भारतबाट जनकपुर पुग्ने अधिकांश तिर्थालु यसै नाकाबाट प्रवेश गर्ने गरेका छन्