बिस्का जात्राको अवसरमा भक्तपुरमा प्राचिनकालदेखि सञ्चालन हुँदै आएको द्यो स्वगं बिएगु पूजा अर्थात सगुन पूजापछि बिहीबार टोलटोलका देवी देवताको परिक्रमा गर्ने क्रममा लामवद्ध स्थानीय महिलाहरु
Click on Photo to Enlarge
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्याली नदी छेउमा गुँड बनाउनका लागि रुखको सुकेको हाँगा चुच्चोमा च्यापेर लैजादै हलेसो चरा । वसन्त ऋतुमा यस चराले गुँड लगाउने गर्दछ
Click on Photo to Enlarge
नेपाल र चीनको सिमानामा रहेको कोरला नाका क्षेत्रमा चिनियाँ व्यापारीले राखेका पसल । नाका अवलोकन गर्न पुगेका नेपाली पर्यटकलाई लक्षित गर्दै उनिहरुले पसल सञ्चालनमा ल्याएका हुन्
Click on Photo to Enlarge
सुर्खेत वीरेन्द्रनगरमा रहेको प्रदेश रङ्गशालाको प्रवेशद्वारमा रहेको पञ्चदेवलको आकृति
Click on Photo to Enlarge
सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल मत्स्यपोखरीमा निर्माण गरिएको माछाको स्तम्भ । मत्स्यपोखरीलाई गाउँपालिका संरक्षण तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गरिएको छ
Click on Photo to Enlarge
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित नाउरिकोट गाउँ र आसपासका क्षेत्र । प्राकृतिक सुन्दरता, स्थानीय विविधता र पर्यटकीय हिसाबले यस गाउँ महत्त्वपूर्ण मानिन्छ । साथै यहाँ डेढ दशकदेखि दर्जनौं नेपाली कथानक चलचित्र र म्युजिक भिडियोहरु छायाङ्कन भएको हुँदा यस गाउँलाई छायाङ्कन हबको रुपमा लिने गरेको पाइन्छ
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१ बुकास्थित हरियाली जङ्गलको बीचमा रहेको तीन बिघा क्षेत्रफलमा फैलिएको शान्त प्राकृतिक भोटेदह । शान्त वातावरणमा रमाउने स्थानीय पर्यटन प्रवद्र्धनका लागि यो दह महत्वपूर्ण स्थल मानिन्छ
Click on Photo to Enlarge
सङ्खुवासभाको चिचिला गाउपालिका -४ स्थित धार्मिक तथा पर्यटकीयस्थल मत्स्यपोखरी । मत्स्यपोखरीमा हरेक वर्ष मङ्सिर महिनामा ठुलो मेला लाग्ने गरेको छ । यो पोखरीमा असला माछाको समेत दृश्यावलोकन गर्न सकिन्छ । तस्बिर : भविन कार्की/रासस
Click on Photo to Enlarge
सुनसरीकाे काेसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएको लामाऔँले (ब्राेन्ज विङ्ड ज्याकाना) चरा । मेटोपिडियस जातको एकमात्र याे प्रजाति दक्षिण र दक्षिणपूर्वी एसियामा पाइन्छ । तस्बिर : नवीन गड्ताैला/रासस
Click on Photo to Enlarge
सुर्खेतको वीरेन्द्रनगरमा सडकको किनारामा ढकमक्क फुलेको काँयो सल्ला । स्थानीय बोलीचालीको भाषामा काँयो सल्ला भनिने यो रुखको वैज्ञानिक नाम ग्रेभिल्ला रोबुस्टा हो । तस्बिरः सुरेश आचार्य/रासस