06/01/2026, 17:58:37
सोमबार, जेठ १८, २०८३

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड


काठमाडौँ, जेठ १८ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

राष्ट्रिय हितका विषयमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउनुपर्नेमा उक्त पार्टीले जोड दिएको हो ।

पार्टी प्रवक्ता प्रकाश ज्वालाले आज एक प्रेस विज्ञप्तिमार्फत राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डता प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्य विपरीत अभिव्यक्ति अमान्य हुने जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..