

काठमाडौँ, जेठ १८ गते । प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले गरेको तोडफोड र भौतिक क्षतिबारे छानबिन गर्न सभामुख डीपी अर्यालले एक छानबिन समिति गठन गरेका छन् ।
सभामुख अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा तोडफोडको घटनाप्रति दुःख व्यक्त गर्दै संसद् सचिवालयका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी गराएका हुन् । समितिको सदस्यहरूमा सङ्घीय संसद्को योजना शाखा प्रमुख र प्रविधि शाखा प्रमुख रहेका छन् ।
आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जमिन मिचेको भनी दिएको अभिव्यक्तिको विरोधमा विपक्षी दलका सांसदहरूले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । सोही क्रममा आक्रोशित सांसदहरूबाट संसद् भवनभित्रका कुर्सी, टेबल तथा माइकहरू तोडफोड भई भौतिक क्षति पुगेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































