2025 The Entertainment Community Fund Gala : Idina Menzel attends The Entertainment Community Fund Gala at the Marriott Marquis on Monday, April 21, 2025, in New York. (Photo by CJ Rivera/Invision/AP)
Click on Photo to Enlarge
शुक्लाफाँटा नगरपालिका–२ को सनबोरा नदी किनाराको वन क्षेत्रको रुखमा बसेको कोहो कोइली । यो कोइली समुन्द्र सतहबाट ७५ देखि एक हजार आठ सय मिटरको उचाईसम्म पाइन्छ । वनकुञ्ज र बगैंचा क्षेत्रमा पाईने यस चराले आफनो गुँड भने बनाउदैन
Click on Photo to Enlarge
हिमाली जिल्ला सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–५ स्थित नाम्चे बजार । खुम्बु क्षेत्र समुद्री सतहदेखि तीन हजार ४४० मिटरको उचाईमा अवस्थित छ । सगरमाथाको प्रवेशद्वारको रुपमा नाम्चे बजारलाई चिनिने गरिन्छ
Click on Photo to Enlarge
मोरङको कानेपोखरी–७ मा अवस्थित मस्जित शैलीको गुरुङको स्यार्लो तमु प्ये ल्हु गुम्बा
Click on Photo to Enlarge
तनहुँको बन्दीपुर गाउँपालिका-४ मा बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको शनिबार आयोजित साधारण सभामा कौरा नृत्य प्रस्तुत गर्दै युवती
Click on Photo to Enlarge
सगरमाथा आरोहण तयारीका लागि आधार शिविरमा अस्थायीरुपमा टाँगिएका टेन्ट । आरोहीहरु केही समय यहाँ बसेर आरोहणको तयारी गर्छन् । आधार शिविरमा सयौँ यस्ता टेन्टहरु देखिन्छन्
Click on Photo to Enlarge
भक्तपुरको मध्यपुर थिमि नगरपालिका निकोशेरास्थित निकोशेरा व्याङ्ग गणेश मन्दिर पाटी । भक्तपुरको ऐतिहासिक महत्व झल्किने यसलाई स्थानीय भाषामा फल्चा भन्ने गरिन्छ
Click on Photo to Enlarge
कोरलानाका जोड्न वारागुङ मुक्तिक्षेत्र-३ छुसाङस्थित नरसिंह खोलामा निर्माण सम्पन्न भई सञ्चालनमा आएको छुसाङ खोला पुल र पृष्ठभूमीमा आकर्षक पहाड । कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले छुसाङको नरसिंह खोलामा पुल निर्माण गरेसँगै उपल्लो मुस्ताङ र चीनसँगको सीमामा रहेको कोरलानाका आवतजावत गर्न सवारीसाधनलाई निकै सहज भएको छ
Click on Photo to Enlarge
सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएको सानोजलेवा (लिटिल कर्मोरेन्ट) । २५० मिटरको उचाइसम्म पाइने सानोजलेवाले नदी, ताल, पोखरीमा रहेका माछा आहारको रुपमा खाने गर्दछ
Click on Photo to Enlarge
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित गुरु पेमालिङ गुम्बा र पृष्ठभूमिमा मुक्तिनाथ मन्दिर। बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र यस गुम्बामा आन्तरिक तथा बाह्य पर्यटकहरु पूजाआजा गर्नका लागि जाने गर्छन्