समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटरको उचाइमा अवस्थित सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्जुङ उपत्यकामा पर्यटक । साथै पृष्ठभूमिमा थामसेर्कु हिमाल । जुन उपत्यका विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको वडामा पर्दछ
Click on Photo to Enlarge
तनहुँको बन्दीपुर गाउँपालिका–२ मा निर्माणाधीन पदमार्ग पर्खाल। यस ठाउँले बन्दीपुर आउने पर्यटकलाई आकर्षित गरेको छ
Click on Photo to Enlarge
परम्परागत ‘घुमाउने घर’ : तनहुँको बन्दीपुर गाउँपालिका – ४ ठुलोढुङ्गा नजिकै बन्दीपुर केबलकार परिसरमा रहेको परम्परागत ‘घुमाउने घर’ । स्थानीय स्वाद र परम्परागत सामग्रीहरूको संरक्षण गर्नु घुमाउने घर निर्माण गरिएको हो । मौलिकतासँग जोडिएका घुमाउने घर पछिल्लो समय लोप हुँदै गएका छन्
Click on Photo to Enlarge
मुग्लिन पुल : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी गाउँपालिका–४ पुलजिप र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने त्रिशुली नदीमाथि रहेको मुग्लिन पुल
Click on Photo to Enlarge
कञ्चनजङ्गा हिमाल : इलामको माईजोगमाई गाउँपालिका–२ तुम्लिङबाट देखिएको कञ्चनजङ्गा हिमाल । आठ हजार पाँच सय ८६ मिटर उचाइमा रहेको विश्वकै तेस्रो अग्लो हिमाल हेर्न तुम्लिङ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । कोशी प्रदेश सरकारले फिक्कल–नयाँबजार सडक कालोपत्र गरेपछि पर्यटकलाई तुम्लिङ पुग्न सहज भएको हो
Click on Photo to Enlarge
ढोल्पा जोड्ने पक्की पुल : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित ढोल्पा जोड्ने पक्की मोटरेवल पुल र आसपासका क्षेत्र । पक्की पुल निर्माण भएपश्चात् ढोल्पा जानको लागि स्थानीयलाई सहज भएको छ
Click on Photo to Enlarge
बाह्रकुने दह : दाङको घोराही उपमहानगरपालिका- १३ स्थित धार्मिक तथा पर्यटकीयस्थल बाह्रकुने दह
Click on Photo to Enlarge
सोलुको खुम्जुङमा पर्यटक, पृष्ठभूमिमा थामसेर्कु हिमाल : समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटरको उचाइमा अवस्थित सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्जुङ उपत्यकामा पर्यटक । साथै पृष्ठभूमिमा थामसेर्कु हिमाल । जुन उपत्यका विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको वडामा पर्दछ
Click on Photo to Enlarge
मुस्ताङको सेल्फी पार्कमा पर्यटक : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित सेल्फी पार्कमा पर्यटकको चहलपहल । मानव निर्मित विशाल शालग्राम रहेको सेल्फी पार्कमा पर्यटकले सवारीसाधन रोकेर तस्बिर तथा सेल्फी खिच्ने पर्यटकको चहलपहल बढेको छ
Click on Photo to Enlarge
रेसुङ्गाको प्रतीक तम्घासमा बनाइँदै: गुल्मीको तम्घासस्थित जिल्ला प्रशासन कार्यालयको पर्खालमा प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गाको प्रतीक बनाइँदै । रेसुङ्गा नगरपालिकाले रेसुङ्गामा पर्यटन प्रवर्धनका लागि तम्घासका लागि रेसुङ्गाको प्रतीक बनाउन थालेको हो