06/01/2026, 17:57:02
सोमबार, जेठ १८, २०८३
फिफा विश्वकप फुटबल–२०२६

फिफा विश्वकप : उरुग्वे टोलीको घोषणा


काठमाडौँ, जेठ १८ गते । आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप फुटबल–२०२६ का लागि उरुग्वेको टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक मार्सेलो बिएल्साले आइतबार राति २६ सदस्यीय उरुग्वे विश्वकप टोलीको घोषणा गर्नुभएको हो । दुई पटकको विश्वकप विजेता उरुग्वे यसपटक विश्पकपको समूह ‘एच’ मा रहेको छ । यस समूहमा स्पेन, साउदी अरेबिया र केप भर्डे रहेको छ ।

उरुग्वेले असार १ गते केच भर्डेसँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ । उरुग्वेले सन् १९३० को पहिलो र सन् १९५० को विश्वकप जितेको थियो ।

blog

उरुग्वेको विश्वकप टोली

गोलरक्षक : सान्टियागो मेले, फर्नान्डो मुस्लेरा र सर्जियो रोचेत

रक्षक : रोनाल्ड अराउजो, सान्टियागो बुएनो, सेबास्टियन कासेरेस, जोसे मारिया जिमेनेज, माथियास ओलिभेरा, जोआक्विन पिक्वेरेज, गुइलर्मो भारेला र माथियास भिना

मिडफिल्डर : म्याक्सिमिलियानो अराउजो, जियोर्जियन डे अरास्काएता, रोड्रिगो बेन्टान्कुर, अगुस्टिन कानोबियो, निकोलास डे ला क्रुज, एमिलियानो मार्टिनेज, फाकुन्डो पेलिस्त्री, ब्रायन रोड्रिगेज, जुआन म्यानुअल सानाब्रिया, म्यानुएल उगार्टे, फेडेरिको भाल्भेर्डे र रोड्रिगो जालाजार

स्ट्राइकर : रोड्रिगो अगिरे, फेडेरिको भिनास र डार्विन नुनेज