बझाङको पाथिभेरा हिमाल : बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नं ७ मा पर्ने पाथिभेरा हिमाल । चार हजार मिटरको उचाइमा रहेको यस हिमालबाट दार्चुलाको अपी हिमाल, बझाङको साइपाल हिमाल, सुर्मा हिमाल, बाजुराको बड्डीमालिका लेकको अवलोकन गर्न सकिन्छ
Click on Photo to Enlarge
भुँडीफोर गरुड : सुनसरीको इनरुवा नगरपालिका–९ स्थित किसानको खेतमा आहाराको खोजीमा लोपोन्मुख भुँडीफोर गरुड । विश्वव्यापी रूपमा खतरामा परेका यी चराहरू धेरै जसो एक्लै हन्छन् भने कतैकतै सानो समूह वा जोडीमा पनि देख्न सकिन्छ
Click on Photo to Enlarge
पग्लिएन तिलिचो : मनाङको ङिस्याङ गाउँपालिकामा अवस्थित तिलिचो ताल । वैशाख महिना सकिन लाग्दा पनि तालमा जमेको बरफ पग्लिएको छैन । समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित यो तालले चार दशमलव आठ किलो मिटर क्षेत्रफल ओगटेको छ
Click on Photo to Enlarge
विश्वको चौथो अग्लो हिमाल ल्होत्से : सगरमाथासँगै जोडिएको विश्वसको चौथो अग्लो हिमाल ल्होत्से । आठ हजार पाँच सय १६ मिटर उचाई रहेको यस हिमाल गोरक्ष, कालापत्थर र सगरमाथा आधार शिविरबाट नजिकै देखिन्छ
Click on Photo to Enlarge
ने–पेमासाल हिमशृङ्खला : राजधानी काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमशृङ्खलाको आधार शिविर ह ने–पेमासाल
Click on Photo to Enlarge
आमा याङ्ग्री : समुद्र सतहबाट तीन हजार आठ सय मिटरको उचाईमा पर्ने हेलम्बुको आमा याङ्ग्री बौैद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र मात्र हैन, पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाईमा परेको र उत्कृष्ट गन्तव्य पनि हो
Click on Photo to Enlarge
श्री हल्चोक आकाश भैरव १२ वर्षे जात्राको क्रममा शुक्रबार काठमाडौँ २४ वडास्थित मखनमा नाच प्रदर्शन गर्दै । नाचमा श्री चण्डी, श्री कुमारी, श्री हलचोक आकाश भैरव, श्री गंगा, श्री महादेव, श्री पार्वती, श्री आकाश देवी, श्री वाराही, श्री महाकाली, श्री दक्षिणकाली देवगण रहन्छन् । हल्चोकबाट गत चैतको २८ गतेदेखि काठमाडौँको वसन्तपुर, ताम्सीपाखा लगायतका ठाउमा हरेक दिन एक महिनासम्म प्रदर्शन गर्ने जनाएको छ
Click on Photo to Enlarge
नेपाल–भारत सीमा नाका बेलहियामा नवनिर्मित नेपालद्वार
Click on Photo to Enlarge
सगरमाथादेखि पश्चिमतर्फ अवस्थित पुमोरी हिमाल । यस हिमाल उचाइ सात हजार एक सय ६१ मिटर अग्लो रहेको छ । हिमाल गोरक्ष र कालापत्थरबाट नजिकै देखिन्छ
Click on Photo to Enlarge
मुस्ताङको जोमसोमबाट मुक्तिनाथतर्फ साइकल चलाएर जाँदै गरेका विदेशी पर्यटकहरु । मुस्ताङमा सडक यातायात सहज भएपनि कतिपय विदेशी पर्यटकहरु पदयात्रा र साइक्लिङ यात्रा गर्न रुचाउँछन्