काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र सभागृह परिसरमा फरफराइ रहेका नेपालको राष्ट्रिय झण्डा
Click on Photo to Enlarge
तनहुँको म्याग्दे गाउँपालिका–६ मा रहेको प्रसिद्ध अकला मन्दिर । पृथ्वी राजमार्गको आडैमा रहेको यस मन्दिरमा मनले चिताएको पुग्ने विश्वासका कारण तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ गोर्खालगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन्
Click on Photo to Enlarge
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानास्थित गौरीटापमा आयोजना गरिएको ‘स्पार्क एड्भेञ्चर’का क्रममा राखिएका टेन्ट । सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार राति आयोजना गरेको कार्यक्रममा २०० जना भन्दा बढी आन्तरिक पर्यटकहरु टेन्टमा बास बसेका थिए
Click on Photo to Enlarge
खप्तड राष्ट्रिय निकुञ्जमा रहेको खप्तडबाबाको आश्रम । वि.सं २००६ मा निर्माण गरीएको आश्रम वि.सं २०५३ वैशाख २७ गते खप्तडबाबाको मृत्यु भएपछि हाल नेपाली सेनाले सुरक्षा गर्दै आएको छ
Click on Photo to Enlarge
अछामको रामारोशन गाउँपालिका-५स्थित पर्यटकीयस्थल रामारोशन क्षेत्रमा रहेको मनमोहक बाटुल्ला ताल
Click on Photo to Enlarge
बैतडीको दशरथचन्द नगरपालिका-८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर । यस मन्दिर सुदूरपश्चिमको प्रमुख मन्दिर मध्ये एक मानिन्छ
Click on Photo to Enlarge
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित तालको दक्षिणी छेउमा रहेको रिग्मो गाउँ । प्रदेश र सङ्घ सरकारले यहाँ १० करोड लगानी गरेर ‘रिग्मो बस्ती विकास’ कार्यक्रम सञ्चालनको तयारी रहेको छ
Click on Photo to Enlarge
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा रहेको फोक्सुण्डो ताल । यो ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र तीन हजार ९०० मिटरको उचाईमा छ । कान्जिरोवा हिमालको काखमा रहेको ताल ‘वाई’ आकारको छ । सन् २००७ सेप्टेम्बरमा ताललाई रामसार क्षेत्रमा सुचिकृत गरिएको छ
Click on Photo to Enlarge
बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा रहेको २१७ वर्ष पुरानो थन्थापमाई मन्दिर । उक्त मन्दिर जैमिनी नगरलिकाले संरक्षण गर्दै आएको छ
Click on Photo to Enlarge
कौडा नृत्य प्रस्तुतका लागि परम्परागत भेषभूषामा सजिएरका मध्यनेपाल नगरपालिका–४ पराजुलीबेसीका मगर समुदायका युवतीहरु