मनाङको ङिस्याङ गाउँपालिका–८ का महिला ऊनको धागोबाट पटुका बुन्दै । यहाँका महिला ऊनबाट राडी,पाखी, दोचा, कम्मरमा बाध्ने पटुका जस्ता कपडा उत्पादन गर्छन् । पछिल्लो समय परम्परागत रुपमा कपडा बुन्ने पेशा लोप हुँदै गएको छ
Click on Photo to Enlarge
सुनसरीको देवानगन्ज गाउँपालिकाको साहेवगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेको जङ्गे पिलरमा सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी । भारत–पाकिस्तानको द्वन्द्व बढेसँगै सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता अपनाएको छ
Click on Photo to Enlarge
सिरिजङ्घा गाउँपालिका–८ स्थित कञ्चनजङ्घा हिमालको दक्षिण आधारशिविर क्षेत्रमा आरोहणका लागि जाने पर्यटकहरूका सामग्री बोकेर हिँड्दै गरेका भरिया
Click on Photo to Enlarge
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविरतर्फ जाने क्रममा थकाई मार्दै आन्तरिक पर्यटक । आठ हजार ५८६ मिटर उचाइको यो हिमशृङ्खला साहसिक यात्राका पारखीका लागि आकर्षक गन्तव्य बनेको छ
Click on Photo to Enlarge
मुगुको छायाँनाथ रारा नगरपालिकास्थित रारा राष्ट्रिय निकुन्ज भित्र रहेको रारा तालको मौसम सफा भएपछि सोमबार देखिएको दृश्य । नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध यो ताल समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाईंमा अवस्थित छ । रारा तालको लम्बाइ ५.१ किमी, अधिकतम चौडाइ ३.२ किमी र अधिकतम गहिराइ १६७ मिटर रहेको छ
Click on Photo to Enlarge
चितवनको कुमरोज सामुदायिक वनको दराईबोटे ताल नजिक साेमबार देखिएको दुर्लभ एक सिंगे गैँडा। पछिल्लो समय कुमरोजमा वन्यजन्तुहरुको वासस्थान संरक्षण भएपछि यहाँ बाघ, गैँडा, हात्ती, चित्तल, भालु, चराचुरुङ्गीलगायतको उपस्थिति बाक्लाे देखिन थालेको छ । जसका कारण पर्यटकहरु हात्ती तथा जीप सफारी गरी वन्यजन्तु अवलोकनमा लोभिने गरेका छन्
Click on Photo to Enlarge
मुग्लिन–पोखरा सडकविस्तार आयोजना (पूर्वी खण्ड)अन्तर्गत तनहुँको दमौलीमा सडक विस्तार गरिँदै । उक्त सडक मुख्य बजार क्षेत्रमा छ लेन र अन्य क्षेत्रमा चार लेनमा विस्तार तथा स्तरोन्नति कार्य भइरहेको छ
Click on Photo to Enlarge
ध्यानकेन्द्रको रुपमा विकास हुन थालेको म्याग्दीको मालिका गाउँपालिका–७ मा रहेको धार्मिक तथा पर्यटकीस्थल प्रभुचेला । शान्त र एकान्त वातावरणमा योग, ध्यानगर्न चाहनेहरुका लागि समेत प्रभुचेलालाई लोकप्रिय बन्दै गएको छ
Click on Photo to Enlarge
मनाङ ङिस्याङ गाउँपालिका–६ मा अवस्थित मनाङ गाउँको पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल, ग्लेसियर र गङ्गापूर्ण ताल । गाउँको नामबाट नै जिल्लाको नामकरण गरिएको हो
Click on Photo to Enlarge
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सेतिनी झरना । यो झरना धौलागिरि आइसफल र सेञ्चुरी पदमार्गमा समेटिएको छ