चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गरी मनोरञ्जन लिँदै पर्यटक
Click on Photo to Enlarge
मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा अवस्थित निफुक नाम्डुलिङ गुम्बा । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिएको पुरानो यस गुम्बा ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसावले समेत महत्वपूर्ण मानिन्छ । कलात्मक रूपमा भीरमा अवस्थित यस गुम्बामा पर्यटकहरु दैनिकजसो जाने गर्दछन
Click on Photo to Enlarge
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादीमा निर्माण गरिएको पैदल मार्ग । आन्तरिक पर्यटकलाई आकर्षित गर्न धौवादीदेखि रुद्रपुरगढीसम्म पैदल मार्ग निर्माण गरिएको हो
Click on Photo to Enlarge
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिन अन्तर्गतको कञ्चनजङ्घा हिमालको दक्षिण आधारशिविर क्षेत्रमा रमाउँदै गरेका आन्तरिक पर्यटकहरू । ८ हाजार ५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बापुरमा पर्यटन प्रवर्द्धनका लागि व्यावसायिक रूपमा निर्माण गरिएको ‘अम्बिकेश्वरी ग्रीन पार्क’। करिब एक बिघा क्षेत्रफलमा निर्माण गरिएको यस पार्कमा पोखरी, कृत्रिम झरना, विश्रामस्थललगायत रहेका छन्
Click on Photo to Enlarge
जगदुल्ला गाउँपालिका–२ काइगाउँस्थित जगदुल्ला खोलामा टेको लगाएको पुल
Click on Photo to Enlarge
पाल्पाको तानसेन नगरपालिका कार्यालयअगाडि प्राङ्गणमा रहेको करुवाको स्तम्भ । यो स्तम्भ पाल्पा तानसेन घुम्न आउने पर्यटकहरुले अवलोकन गर्ने गर्दछन्
Click on Photo to Enlarge
मुक्तिनाथमा मन्दिरमा पूजाअर्चनापछि भक्तजनलाई मजदुरले डोलामा बोकेर फर्किँदै । पैदल हिडन नसक्ने, शारिरीक रुपले अशक्त र ज्येष्ठ नागरिकलाई रानीपौवा बसपार्कदेखि मुक्तिनाथ मन्दिरसम्मको करिब ४५ मिनेटको दुरीमा मजदुरले सशुल्क डोलामा बोकेर लैजाने र ल्याउने सेवा दिने गर्दछन्
Click on Photo to Enlarge
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ मा अवस्थित भोटेचौर बजार र आसपासका दृश्य
Click on Photo to Enlarge
मानव सेवा फाउन्डेसन नेपालद्वारा कास्की पोखरा महानगरपालिका–१७ पार्दी विरौटामा हुने ऐतिहासिक गण्डकी शत कुण्डीय गायत्री कोटिहोमको पूर्वसन्ध्यामा मङ्गलबार पोखरामा आयोजित कलशयात्रा । कोटिहोम वैशाख १७ देखि जेठ २६ गतेसम्म हुने तयारी भइरहेको छ