मानव सेवा फाउन्डेसन नेपालद्वारा कास्की पोखरा महानगरपालिका–१७ पार्दी विरौटामा हुने ऐतिहासिक गण्डकी शत कुण्डीय गायत्री कोटिहोमको रुद्राक्षद्धारा निर्माण गरिएको २१ फिटको शिवलिङ्ग नियाल्दै भक्तजन । कोटिहोम वैैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने भएको छ
Click on Photo to Enlarge
खम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित नाम्चे बजार। सुविधा सम्पन्न होटल रहेकाले पर्यटकहरु केही दिन यहाँ आराम गरेर सगरमाथा आधार शिविरतर्फ अघि बढ्छन् । नाम्चे बजार खम्बु क्षेत्रको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको छ
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालीका–३ स्थित जोमसोम बजार र पृष्ठभूमिमा निलगिरी हिमाल । मौसम खुलेसँगै जोमसोम आसपासका क्षेत्रहरु थप मनोरम देखिएसँगै पर्यटकहरु हर्षित भएका छन्
Click on Photo to Enlarge
मनाङलाई सडक सञ्जालले जोडिएको मनाङ र लमजुङको सिमानामा अवस्थित म्यार्दी खोला माथिको मोटर चल्ने पुल । सो पुल लमजुङ सदरमुकाम बेसीसहरदेखि ३५ किलोमिटर दूरीमा रहेको छ । विसं २०५९ सम्म स्थानीयवासी यहाँ जोखिम मोलेर काठको पुलबाट आवतजावत गर्थे। नेपाली सेनाले पुल निर्माण गरेपछि सवारीसाधन र सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ
Click on Photo to Enlarge
राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग अन्तर्गत हिमाली जिल्ला मनाङबाट थोरोङ्ला हुँदै मुक्तिनाथ क्षेत्रतर्फ पदयात्रा गरिरहेका विदेशी पर्यटक
Click on Photo to Enlarge
निर्माणाधीन सडक : मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मस्र्याङ्दी नदी किनारमा निर्माण हुँदै गरेको सडक । विमलनगरमा एकातर्फ चट्टान रहेकाले नदी किनार माथिबाटै सडक निर्माणको काम भइर
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिको क्याङजु गाउँस्थित बाटो छेउमा बेच्न राखिएका न्यायो कपडा, मालालगायतका सामग्री। सगरमाथा आधार शिविरतर्फ जाने र फर्कने पर्यटकहरुले आवश्यक सामान किन्ने गर्छन्
Click on Photo to Enlarge
काठमाडौँमा अवस्थित बौद्धनाथ स्तूप अवलोकनका क्रममा विदेशी पर्यटक । नेपालको सबैभन्दा ठुलो गोलाकार भएको यस स्तूपलाई सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको हो