बेनी -जोमसोम- कोरोला सडक खण्डमा पर्ने मुस्ताङको थासाङ गाउँपालीका-३ स्थित लेतेडाँडामा रहेका घरहरु र पृष्ठभूमिमा सोमबार बिहान देखिएको सेताम्मे धौलागिरि हिमाल
Click on Photo to Enlarge
पानी परेपछि आज साँझ देखिएको जनकपुरधामस्थित जानकी मन्दिरको दृश्य
Click on Photo to Enlarge
हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको गंगापूर्ण हिमाल र फेदीमा देखिएको मनाङ बजार । अहिले यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ
Click on Photo to Enlarge
देउखुरीको गढवा गाउँपालिका–१, बडहरास्थित कुलपानी सामुदायिक वन क्षेत्रभित्र चार हेक्टर क्षेत्रफलमा रहेको कुलपानी हरित पार्क
Click on Photo to Enlarge
हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुस्ताङको मुक्तिनाथ मन्दिरबाट फर्किदै गरेका विदेशी पर्यटक । पछिल्लो समय मुक्तिनाथ मन्दिर र आसपासको क्षेत्र अवलोकन गर्ने आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्या बढ्दो छ
Click on Photo to Enlarge
शुक्लाफाँटा नगरपालिका-९ नौखरीमा पटेरो नामक घाँसबाट गुन्द्री बुन्न सिक्दै थारु महिला । स्थानीय प्रशिक्षकको सहायतामा महिलाहरु गुन्द्री बुन्न सिक्दै छन्
Click on Photo to Enlarge
बागलुङको बरेङ गाउँपालिका वडा नं. ३ र ४ को सिमानामा रहेको छहरे झरना । गर्मी छल्न झरनामा आन्तरिक पर्यटक आउने गरेका छन्
Click on Photo to Enlarge
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ स्थित मादीसेती र त्रिसुली नदीको सङ्गमस्थल गाईघाट र मुग्लिन–नारायणगढ सडक
Click on Photo to Enlarge
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङमा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको छोर्तेन र माने
Click on Photo to Enlarge
हुम्लाको नाम्खा गाउँपालिका-२ स्थित छोसा हिमाल । यो हिमाल लिमि लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न जाने बाटोमै पर्छ