सोलुखुम्बुको नाम्चे बजारमा अवस्थित स्याङबोचे विमानस्थल । नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको यस विमानस्थलमा अहिले कुनै पनि हवाई उडान तथा अवतरण नभएपनि हवाई मैदान हेलिकोप्टरमार्फत् मालसामान ओसारप्रसारका लागि प्रयोग भइरहेको छ
Click on Photo to Enlarge
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाका कर्मचारीहरु कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन तथा अवलोकन गर्दै। पछिल्ला वर्षहरूमा हिमाली भूभागमा हिउँ पग्लने गति तीव्र हुँदै गएको छ, जसले जल स्रोत, जैविक विविधता र स्थानीय जीवनशैलीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ
Click on Photo to Enlarge
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाका कर्मचारीहरु कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा जलवायु परिवर्तनका असरबारे अध्ययन तथा अवलोकन गर्दै। पछिल्ला वर्षहरूमा हिमाली भूभागमा हिउँ पग्लने गति तीव्र हुँदै गएको छ, जसले जल स्रोत, जैविक विविधता र स्थानीय जीवनशैलीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ
Click on Photo to Enlarge
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर । तत्कालिन पाल्पाली राजा मणि मुकुन्द सेनले मौलो गाडेर पूजा सुरु गरेको यस धार्मिकस्थलमा पछिल्लो समय पूजाअर्चनका लागि आउने भक्तजनको संख्या बढ्दो छ
Click on Photo to Enlarge
विश्वको सर्वोच्च सगरमाथा आधार शिविर । समुद्री सतहबाट ५,३६४ मिटरको उचाइमा अवस्थित यस शिविरमा सगरमाथा आरोही तथा सहयोगीहरुको टेन्टले भरिभराउ छ
Click on Photo to Enlarge
बुद्ध जयन्तीको दिन आज हवाईजहाजबाट लिएको विश्व सम्पदामा सूचीकृत पर्यटकीय तथा धार्मिकस्थल बौद्ध स्तुपाको दृश्य
Click on Photo to Enlarge
२५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस-२०८२ को अवसरमा सोमबार लुम्बिनीमा निकालिएको शोभायात्रामा सहभागी चिनियाँहरु
Click on Photo to Enlarge
२५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस-२०८२ को अवसरमा सोमबार लुम्बिनीमा निकालिएको शोभायात्रामा सहभागीहरु
Click on Photo to Enlarge
ताप्लेजुङको सिरिजङ्घा–८, रामचेरस्थित लाप्साङ पोखरी र पृष्ठभूमिमा देखिएका राथोङ पिक र कञ्चनजङघा हिमालका हिमशृङ्खला। यो क्षेत्र कञ्चनजङ्घा दक्षिण आधारशिविर मार्गमा पर्छ
Click on Photo to Enlarge
बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्राअन्तर्गत दोस्रो दिन आज सोमबार बिहान पूजाअर्चनाका लागि चण्डेश्वरी मन्दिरमा आएका भक्तजनको घुइँचो । करिब दुई हजार ५०० वर्षअघिदेखि मनाइँदै आएको चण्डेश्वरी जात्रा विशेषगरी स्थानीय नेवार समुदायले वर्षेनी चण्डी (वैशाख शुक्ल)पूर्णिमाको अवसरमा तीन दिन मनाउने गर्दछन्