मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित कागबेनीधाम नजिकै रहेको कालीगण्डकी नदीको झलुङ्गे पुल तर्दै गरेका च्याङ्ग्रा । स्थानीय कृषकले पालेका च्याङ्ग्रा दिनभर चरनक्षेत्रमा चराएर साँझपख यसरी नै घरमा ल्याउने गर्दछन
Click on Photo to Enlarge
तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी घरबासमा पाहुनालाई स्वागत गर्न लामबद्ध स्थानीय महिला । यहाँका स्थानीय आन्तरिक पर्यटन प्रवर्द्धनका लागि घरबास सञ्चालनमा जुटेका छन्
Click on Photo to Enlarge
म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुुनामा शनिबार आयोजित मौलिक नृत्य प्रतियोगितामा पुख्र्यौली नाच प्रस्तुुत गर्दै खिवाङका कलाकार । मौलिक लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाले प्रतियोगिताको आयोजना गरेको हो
Click on Photo to Enlarge
तनहुँको बन्दीपुर गाउँपालिका–४ मा अवस्थित खड्गदेवी मन्दिर । नवरात्रको एक दिनमात्रै खुल्ने उक्त मन्दिर यसै वर्षदेखि वर्ष दिनभर खुल्ला गरिएको छ
Click on Photo to Enlarge
सोलुखुम्बुको खुम्बु क्षेत्रको महाङ्गलु हिमशृङ्खलामा पर्ने नुप्से हिमाल । यस हिमालको उचाइ सात हजार ८६१ मिटर अर्थात् नौ लाख २५ हजार ७९१ फिट छ ।
Click on Photo to Enlarge
सोलुखुम्बुको खुम्बु क्षेत्रको महाङ्गलु महाङ्गलु हिमशृङ्खलामा पर्ने नुप्से हिमाल । यस हिमालको उचाइ सात हजार ८६१ मिटर अर्थात् नौ लाख २५ हजार ७९१ फिट छ
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराको स्काई साईकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
Click on Photo to Enlarge
तनहुँको म्याग्दे गाउँपालिका-५, मुलाबारीस्थित प्रसिद्ध धार्मिकस्थल कालभैरव मन्दिर । यस मन्दिरमा मनले चिताएको पुग्ने धार्मिक विश्वासका साथ विभिन्न जिल्लाबाट दर्शनार्थी आउने गर्दछन्
Click on Photo to Enlarge
पाल्पाको तिनाउ गाउपालिका–३, शिद्धार्थ राजमार्गसँगै रहेको शिद्धबाबा मन्दिर । यो मन्दिर सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थल मानिने सिद्धबाबा पुरातात्विक, धार्मिक एवं पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण मानिन्छ
Click on Photo to Enlarge
रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटस्थित कमल ताल र रुकुमकोट आसपासको क्षेत्र । रुकुम पूर्वको अस्थायी जिल्ला सदरमुकाम रुकुमकोट तोकिए पनि स्थायी रूपमा सदरमुकाम नतोक्दा यहाँ विभिन्न कार्यालयका भौतिक संरचना निर्माण हुन सकेका छैनन्