सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ र ७ अन्तर्गत पर्ने नाढीमन तालमा मोटरबोट सयर गरिँदै
Click on Photo to Enlarge
धनकुटा र सुनसरीको सिमानामा अवस्थित धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ६ मा रहेको पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको भेडेटार बजार । चुरेमा अवस्थित यो नगर पूर्वी नेपालको तराईबाट धनकुटा हुँदै भोजपुर,ताप्लेजुङ,संखुवासभा र पाँचथर जाने प्रमुख नाका पनि हो । छिनमै घाम लाग्ने, छिनमा नै कुहिरोले ढाक्ने, गर्मीमा चिसो र जाडोमा पारिलो घामले न्यानो हुने यस स्थानमा हरेक दिन करिब एक हजार ५०० भन्दा बढी पूर्वी तराई र भारतीय पर्यटक आउने गर्छन्
Click on Photo to Enlarge
सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित लोहजारा दह र ठाकुरबाबा मन्दिर । प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण ऐतिहासिक महत्व बोकेको यस दह पर्यटकीय क्षेत्र एवं वनभोजको लागि लोकप्रिय बन्दै गएको हो
Click on Photo to Enlarge
घाम अस्ताउँदै गर्दा धादिङको रुबीभ्यालीको सेर्तुङबाट देखिएको गणेश हिमाल र प्यालहिदोर हिमाल
Click on Photo to Enlarge
ताप्लेजुङमा अवस्थित कञ्चजङ्घाको दक्षिणी आधार शिविर क्षेत्रबाट देखिएको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य
Click on Photo to Enlarge
ताप्लेजुङमा अवस्थित कञ्चजङ्घाको दक्षिणी आधार शिविर क्षेत्रबाट देखिएको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य
Click on Photo to Enlarge
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने तनहुँको आँबुखैरेनी बजार र पृष्ठभूमिमा देखिएको गोरखाको शहिदलखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर आसपासको क्षेत्र
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ—५ स्थित ठिनी खोलामा निर्माण गरिएको डाइभर्सन अस्थायी पुल र पृष्ठभूमीमा उजाड डाँडाकाँडा । पुलबाट सवारी साधन ढुम्बाताल आउजाउ गर्छन्
Click on Photo to Enlarge
पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरु क्षेत्र (रिणी)मा रहेको ऋषिकेश मन्दिर । यस मन्दिरलाई भगवान् नारायणको रुप मानिन्छ । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले विसं १५७५ मा कालिगण्डकी नदीमा नुहाउने क्रममा भेटिएको शिला अर्थात् मूर्तिलाई कालीगण्डकी र रिडी खोलाको सङ्गम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन् । पाँच सय वर्ष पुरानो ऋषिकेश मन्दिरमा हरिबोधनी एकादशीको भोलिपल्ट रथ यात्रा निकालिने परम्परा छ । यस्तै माघे सङ्क्रन्तिमा तीन दिन यहाँ धार्र्मिक मेला लाग्ने गर्दछ
Click on Photo to Enlarge
सिरिजङ्घा गाउँपालिका–८, ओक्ताङबाट देखिएको कञ्चनजङ्घा हिमाल। समुद्री सतहदेखि आठ हजार ५८६ मिटर उचाइमा रहेको यो विश्वको तेस्रो अग्लो हिमाल हो । सन् १९५५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्यान्डले पहिलोपटक आरोहण गरेका थिए। त्यसयता, ट्रेकिङ र पर्वतारोहणका लागि आकर्षक गन्तव्यका रूपमा परिचित छ