नेपाल र चीनको सिमानामा पर्ने दोलखाको परिचित धार्मिक पर्यटकीयस्थल लप्ची। लप्ची बौद्ध धर्म गुरु मेलारेपाको ध्यानस्थल पनि हो
Click on Photo to Enlarge
नेपाल र चीनको सिमानामा पर्ने दोलखाको परिचित धार्मिक पर्यटकीयस्थल लप्ची। लप्ची बौद्ध धर्म गुरु मेलारेपाको ध्यानस्थल पनि हो
Click on Photo to Enlarge
दोलखाको धार्मिक पर्यटकीयस्थल कालिञ्चोक मन्दिर जाने क्रममा देखिएको कुरी बजार
Click on Photo to Enlarge
समुद्री सतहदेखि चार हजार ५८० मिटर माथि रहेको च्छोरोल्पा ताल उक्त ताल आन्तरिक तथा वाह्य पर्यटकको आर्कषणको गन्तव्य हो । यहाँ जान वैशाखदेखि कात्तिक महिनासम्म उपयुक्त मानिन्छ
Click on Photo to Enlarge
चितवनको इच्छाकामना गाउँपालिका–७, ऐतिहासिक उपरदाङगढीमा पुनःनिर्माण गरी नयाँ बनाइएको जीर्ण अवस्थामा रहको कोत घर
Click on Photo to Enlarge
ताप्लेजुङको फक्ताङलुङ र सिरिजङ्घा गाउँपालिका हुँदै बग्ने सिम्बुवाखोलाको मुहान र पृष्ठभूमिमा हिमाल। जलवायु परिवर्तनको प्रभावले पछिल्लो समय खोलाका मुहानहरू सुक्दै गएका छन्
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका महशिकारीहरु भिरमह काढ्न लागि आवश्यक सामग्रीहरु बोकेर जङ्गलतर्फ जाँदै । स्वाँतका भिरमा हरेक वर्षको जेठ महिनाको पहिलो हप्ताबाट महशिकार गर्ने चलन छ
Click on Photo to Enlarge
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित सनवोरा नदीको बगर क्षेत्रबाट नदीतर्फ जाँदै गरेको लिसेमिस पङक्टाटा प्रजातिको कछुवा । यस प्रजातिका कछुवाको शिकार गरी स्थानीयवासीले खाने भएकाले अस्तित्व सङ्कटमा रहेको छ । बजार क्षेत्रको फोहर पानी सोझै नदीमा छोडदा वातावरणीय प्रदुूषण हुने भएकाले कछुवा लोपोन्मुख अवस्थामा पुगेको हो
Click on Photo to Enlarge
राणाकालीन समयमा पाल्पा गौँडाका पश्चिम कमान्डर जनरल खड्ग शमशेरले आफ्नी दिवङ्गत पत्नी रानी तेजकुमारीको सम्झनामा भारतमा रहेका बेलायती इन्जिनियर झिकाई पाँच वर्ष लगाएर विसं १९५४ मा निर्माण पूरा गरिएको ऐतिहासिक रानीमहल दरबार । रानीको मायामा भावविह्वल भएर निर्माण गरिएको यो दरबारलाई खड्ग शमशेर र रानी तेजकुमारीको मायाको प्रतीकका रुपमा हेर्ने गरिन्छ । कालिगण्डकी नदी किनारमा अवस्थित यो दरबार भित्र पानी पोखरी, मन्दिर, बगैँचा अत्यन्त मनमोहक रहेको छ । पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम करिब १३ किलोमिटर दूरीमा रहेको नेपालको ताजमहलसमेत भनेर चिनिने यो पर्यटकीय स्थलमा अहिले दैनिक सयौँ पर्यटक भ्रमण गर्ने गरेका छन्
Click on Photo to Enlarge
विश्व सम्पदामा सूचीकृत काठमाडौँ हनुमानढोका दरबार क्षेत्र परिसरमा मङ्गलबार घुम्न आएका विदेशी पर्यटक