बागलुङ नगरपालिका–६ स्थित धार्मिक तथा पर्यटकीयस्थल विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको पञ्चकोटको डाँडामा करिब रु. ५० करोडको धार्मिक संरचना तयार भइसकेका छन्
Click on Photo to Enlarge
ऐतिहासिक स्थल सिन्धुलीगढी क्षेत्र । यसले नेपालको इतिहासमा गौरवपूर्ण स्थान ओगटेको विसं १८२४ मा नेपाली र अङ्गरेज फौजबीच भएको युद्धका कारण यो स्थान प्रसिद्ध छ
Click on Photo to Enlarge
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा अवस्थित तेन्जिङ –हिलारी विमानस्थल ‘लुक्ला’। सगरमाथा आरोहण तथा खुम्बु क्षेत्र भ्रमणका लागि ‘लुक्ला’ व्यस्त विमानस्थलको रुपमा रहेको पाइन्छ
Click on Photo to Enlarge
बागलुङको जैमिनी नगरपालिका–१ कालीगण्डकी नदी छेउ जैमिनी घाटमा रहेको जैमिनी धाम । प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रूपमा चासो र चर्चा पाएको यही ठाउँकै कारण पालिकाको नाम पनि जैमिनी राखिएको हो
Click on Photo to Enlarge
पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले तनहुँको बन्दीपुर गाउँपालिका-४ ठूलोढुङ्गास्थित केवलकार उद्यानमा निर्माण गरिएको बाघको प्रतिमा । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले पर्यटकहरू आकर्षित गर्न यहाँ बाघको मूर्तिसँगै अवलोकनको लागी विभिन्न भौतिक संरचनाहरु निर्माण गरिरहेको छ
Click on Photo to Enlarge
ड्रोनबाट खिचिएको तनहुँको सदरमुकामस्थित दमौली बजार, राजमार्ग, मादी नदी लगायत आसपासको क्षेत्र
Click on Photo to Enlarge
प्युठानको नौबहिनी गाउँपालिका- ८ र प्युठान नगरपालिका- ६ मा अवस्थित समुद्री सतहबाट करिब दुई हजार १०० मिटरको उचाईमा रहेको पर्यटकीयस्थल झुलेनी
Click on Photo to Enlarge
शनिबार पानी परेर रहेपछि तरकेश्वर नगरपालिका गोल्ढुङ्गालगायत आसपासमा देखिएको घर बस्तीका दृश्य
Click on Photo to Enlarge
डडेल्धुरा सदरमुकाम अगरगढी नगरपालिका–५ खलङ्गामा अवस्थित ऐतिहासिक ‘अमरगढी किल्ला’ मा अमरसिंह थापाको शालिक । समुद्री सतहबाट यस किल्लाको उचाइ लगभग छ हजार ५०० फिट रहेको छ । बडाकाजी अमरसिंह थापाद्वारा निर्मित यस किल्लामा ठूलठूला ढुंगा प्रयोग गरिएकाले किल्ला निकै कलात्मक देखिन्छ । पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए । रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सिमाना कुमाउ गढवालसम्म पुगेको थियो
Click on Photo to Enlarge
तनहुँकाे व्यास नगरपालिका-१३ बेनीकाेटबाट शनिबार देखिएकाे सेती मादीनदी सगमस्थल, दमौली बजार र आसपासका दृश्य