ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको काठमाडौँको रानीपोखरी र आसपासको ड्रोनबाट खिचिएको दृश्य
Click on Photo to Enlarge
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार । ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थल मानिएकोे १७औँ शताब्दीमा निर्माण गरिएको सेन वंशीय दरबार तत्कालीन समयमा मकवानपुर राज्यको केन्द्रीय प्रशासनिक तथा सैनिक मुख्यालयको रूपमा प्रयोग हुने गरेको थियो । हाल पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको गढी हेटौंडाबाट १७ किलोमिटर दूरीमा रहेको छ
Click on Photo to Enlarge
मकवानपुरगढी परिसरभित्र रहेको ऐतिहासिक वंश गोपालको मन्दिर
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका-१५ स्थित काठेकोलबाट बिहीबार देखिएको सूर्यास्तको दृश्य
Click on Photo to Enlarge
नेकपा (माओवादी केन्द्र)को मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानका क्रममा बिहीबार बागलुङको गलकोट नगरपालिकामा आयोजित आमसभामा लाखे नाच प्रदर्शन गर्दै कलाकार
Click on Photo to Enlarge
विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीमा अवस्थित घोडाघोडी ताल । यो तालको छेउमा घोडाघोडी मन्दिर रहेकाले सोही मन्दिरको आधारमा तालको नामकरण गरिएको हो । यो ताल महेन्द्र राजमार्गको उत्तरतर्फ हत्केलाको आकारमा १.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ
Click on Photo to Enlarge
मकवानपुरको थाहा नगरपालिकामा रहेको गोपाली गाउँ कुन्छालमा लाग्ने १२ वर्षे मेलामा गोपाली समुदायका महिलाहरु बाँसुरी बजाउँदै
Click on Photo to Enlarge
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तील गाउँमा जेठ १ गते राती आएको बाढी पहिरोले गाडी जाने सडक अवरुद्ध भएपछि घोडा खच्चड मार्फत सामान ओसारपसार गरिँदै
Click on Photo to Enlarge
दोलखाको धार्मिक पर्यटकीयस्थल कालिञ्चोक मन्दिर
Click on Photo to Enlarge
नेपालको स्वीजरल्याण्ड भनेर चिनिने दोलखाको पर्यकीयस्थल जिरी