ललितपुर महानगरपालिका–४ स्थित जावलाखेल चोकमा अवस्थित ऐतिहासिक सम्पदा ललित मण्डप । यही मण्डप परिसरमा रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन भोटो देखाउने परम्परा छ
Click on Photo to Enlarge
डोल्पाको जगदुल्ला गाउँपालिका–२ कागमारा पाटनमा यार्सागुम्बा सङ्कलन गरिँदै । नेपालको बहुउपयोगी एवं बहुमूल्य जडीबुटी यार्सागुम्बा यही जेठ ५ बाट सङ्कलन गर्न सबै क्षेत्र खुल्ला गरिएको हो
Click on Photo to Enlarge
रसुवा जिल्लाको गोसाईकुण्ड जाने बाटोमा समुद्री सतहदेखि करिब ४ हजार मिटरको उचाइमा रहेको बुद्ध मन्दिर परिसरबाट देखिएको लाङटाङ हिमाल । यो हिमालको उचाइ ७ हजार २०५ मिटर रहेको छ
Click on Photo to Enlarge
सिरहाको लहान नगरपालिका-१५स्थित राजदेवी मन्दिर । मधेश प्रदेशको गढीमाइ मेलापछि दोस्रो सबैभन्दा बढी बलि दिईने यस राजदेवी मन्दिरमा बैशाख चण्डी पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्छ
Click on Photo to Enlarge
बागलुङ जिल्लाको प्रवेशद्वार मालढुङ्गामा निर्माण गरिएको श्री लक्ष्मीनारायण मन्दिर । इस्कोन गण्डकीले निर्माण गरेको यो मन्दिरले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ
Click on Photo to Enlarge
रसुवास्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा रमाउँदै गरेका आन्तरिक र विदेशी पर्यटक । समुद्री सतहदेखि ४ हजार ३८० मिटर उचाइमा रहेको यो कुण्ड १३ दशमलब ८ हेक्टर क्षेत्रफलमा फैलिएको छ
Click on Photo to Enlarge
रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड । नेपाल भाषामा शिलु तीर्थको नाम प्रख्यात रहेको यो कुण्ड समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको छ । निर्मल स्वच्छ पानीले भरिएको यो कुण्ड १३ दशमलब आठ हेक्टर क्षेत्रमा फैलिएको जनाइएको छ
Click on Photo to Enlarge
विसं २०२५ मा निर्माण गरिएको जाजरकोट दरबार विसं २०७२ को भूकम्पका कारण क्षति भएपछि हाल पुनर्निर्माणको पखाईमा । जिल्ला प्रशासन कार्यालय सञ्चालन हुँदै आएकामा हाल उक्त कार्यालय विस्थापित भएको छ
Click on Photo to Enlarge
समुद्री सतहबाट करिब चार हजार तीन सय ६० मिटर उचाइमा रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्ड । हिमाली कालो कडा चट्टानमा निर्मल जलयुक्त यो ताल धार्मिक तीर्थस्थलको रूपमा समेत परिचित छ
Click on Photo to Enlarge
पूर्व पश्चिम राजमार्ग अनतर्गगत चितवनको टिकौली जङ्गलमा सोमबार चर्दै गरेको एकसिङ्गे गैँडा । चितवन राष्ट्रिय निकुञ्जको बरण्डाभार क्षेत्रमा पर्ने टिकौली जैविक मार्ग समेत हो । यहाँ गैँडासँगै, बाघ, चित्तल, हरिणलगायतका वन्यजन्तु ओहोरदोहोर गर्ने गर्दछन्