सुनसरीको इनरुवा नगरपालिका–९ मा सोमबार धान रोप्नका लागि मिनी ट्रयाक्टरले खेत जोत्दै किसान । बीउ नराखी सिधै ड्रम सिडर प्रविधिद्वारा धान रोप्ने किसानलाई यतिबेला भ्याइनभाई छ
Click on Photo to Enlarge
चितवनको माडी नगरपालिका–८ स्थित अयोध्या मार्ग । यहाँ पक्की सडकको दायाँबायाँ रहेका मौलिक प्रकारका घरका आगनमा फुलबारी र सडकको दायाँबायाँ राखिएका ढुङ्गाको रङ्गरोगनले पर्यटकलाई आकर्षित गरेको छ
Click on Photo to Enlarge
सङ्खुवासभाको मकालु गाउँपालिका- ३ हेदाङ्नास्थित याम्फु राईहरुको धार्मिक तथा ऐतिहासिकस्थल रुदाङ मन्दिर । यहाँ वैशाख र मङ्सिर महिनाको पूर्णिमामा ठुलो मेला लाग्ने गर्दछ
Click on Photo to Enlarge
पर्यटकीय राजधानी पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफा भित्रबाट देखिएको पातले छाँगो (डेभिजफल)को दृश्य । गुफामा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण बढेको छ
Click on Photo to Enlarge
मनाङ चामे गाउँपालिका–१ तिमाङ भ्याली र बेँसीसहर चामे सडकको दायँबायाँ रहेको बस्ती र हरियाली रैथाने बाली
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरतर्फ जाँदै गरेका पर्यटक । पदमार्गको प्रचारप्रसार र होटल सुविधा विस्तार भएसँगै आधार शिविर जाने पर्यटकको सङ्ख्या बढेको छ
Click on Photo to Enlarge
धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार नजिकै एक आरन व्यवसायी फलामको हथौडाले पिटेर कृषि औजार बनाउँदै
Click on Photo to Enlarge
कैलालीको धनगढीस्थित शान्ति बाल उद्यानमा रहेको तपस्या धाम
Click on Photo to Enlarge
सुनसरीको इनरुवा नगरपालिका-९ मा देखिएको जोडी कोचलगाँडे लाटोकोसेरो । तीनदेखि पाँच वटा फूल पार्ने यसले रूख वा भवनको प्वालमा गुँड बनाउँछ
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रमाउँदै गरेका पर्यटक । पछिल्लो समय अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाईमा परेको छ