म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल परिसरमा बर्षौदेखि जमेको हिउँको ग्लेसियर अवलोकन गर्दै पर्यटक
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुगेका पर्यटक र उनिहरुले वासस्थfनलका लागि बनाएका टेन्ट । अन्नपूर्ण आधार शिविर जाने ‘मौरीस हर्जोग’ पदमार्गको यात्रा सहज बनेसँगै आधार शिविरमा पर्यटकहरुको चहलपहल बढ्न थालेको छ
Click on Photo to Enlarge
किरात समुदायको उद्गमस्थल खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित तुवाचुङ–जायजुमस्थित तयामाको तान बुन्ने ठाउँ । किरात समुदायले तयामा र खियामालाई कपडा सभ्यताका उद्यमी मान्ने गरेका छन्
Click on Photo to Enlarge
पोखरा महानगरपालिका–१७ रातोपैरामा अवस्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकनका लागि आएका विदेशी पर्यटकहरु
Click on Photo to Enlarge
त्रिधार्मिकस्थल हलेसी क्षेत्रका नागरिकलाई दूधकोशीको पानी लिफ्टिङ गरेर वितरण गर्नेगरी काभ्रेमा निर्माण गरिएको खानेपानीको ट्याङ्की । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीका करिब २० हजार नागरिकको घरमा खानेपानीको धारा उपलब्ध गराउन सङ्घीय सरकारको करिब रु एक अर्ब लगानीमा बृहत हलेसी लिफ्टिङ खानीपानी आयोजनाको काम सुरु गरिएको हो
Click on Photo to Enlarge
नारायणगढको नारायणी तटमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार आयोजनामा गरेको विपद व्यवस्थापनका लागि संयुक्त नमुना अभ्यास कार्यक्रममा अभ्यास गर्दै सुरक्षाकर्मीहरु । संयुक्त नमुना अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउटको सहभागिता रहेको थियो
Click on Photo to Enlarge
पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको पर्यटकीय स्थल जोरपोखरी । झापाको बिर्तामोडबाट इलाम, फिदिम हुँदै ताप्लेजुङ जोड्ने मेची राजमार्गले छोएका कारण यहाँ सहजै पुग्न सकिन्छ
Click on Photo to Enlarge
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१, लुढाक गाउँ नजिकै अवस्थित नाग पहाड र गुफा । स्थानीय भाषामा लु भनेको नाग र ढाक भनेको पहाड भन्ने बुझिन्छ । परापूर्व कालमा यस स्थानमा नाग र भूतप्रेतको बासस्थान रहेको भन्ने भनाई छ । यहाँ बर्सेनि स्थानीयले नागको पूजा र पूजापाठ गर्ने छन् । मुस्ताङ घुम्न आएका विदेशी पर्यटक यस गुफामा ध्यान योग पनि गर्ने गर्छन्
Click on Photo to Enlarge
गुल्मीको मुसिकोट नगरपालिका-१ अन्तर्गत सिम्ले र वागलुङको बडिगाड गाउॅपालिका -६स्थित ठुलाबेसी दुई प्रदेश जोड्ने झोलुङ्गे पुल । उक्त पुल निर्माणसँगै स्थानीयलाई वारपार गर्न धेरै सहज भएको छ
Click on Photo to Enlarge
सल्यानको बनगाँड कुपिन्डे नगरपालिका-८ स्थित पर्यटकीय क्षेत्र कुपिन्डे दह । कुपिण्डे दह हेर्न आउने पर्यटकको संख्या पछिल्लो समय बढ्दो छ