तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण गरिएको मुकुन्देश्वरी पदमार्ग । स्थानीयले मिनी ग्रेटवाल समेत भन्ने बन्दीपुर गाउँपालिका–२, थानीमाई मन्दिरबाट सुरु भएको उक्त पदमार्ग चुलीडाँडामा पुगेर टुङ्गिनेछ । आगामी दिनमा यस पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने गाउँपालिकाको योजना छ
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल। यो तालले पर्यटकहरुलाई लोभ्याउने गरेको छ
Click on Photo to Enlarge
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-९ स्थित बृन्दावन सामुदायिक वन भित्र रहेको पुरैना ताल । तालमा माछापालन गरी सामुदायिक वनले उपभोक्ताको आयआर्जनमा टेवा पुर्याएको छ
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटकलाई बसोबासका लागि राखिएका टेन्ट तथा पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमाल र पञ्चकुण्ड तालको मनोरम दृष्य
Click on Photo to Enlarge
अन्नपूर्ण बेसक्याम्पमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै फ्रान्सका पर्वतारोही मौरिस हर्जोगका छोरा माथियस हार्जोगलगायत । फ्रान्सका पर्वतारोही मौरिस हर्जोगले ७५ वर्षअघि अन्नपूर्ण हिमालको कीर्तिमान आरोहण गर्नुभएको सम्झनामा मङ्गलबार विविध कार्यक्रममको आयोजना गरिएको छ
Click on Photo to Enlarge
अन्नपूर्ण आधार शिविरतर्फ जाँदै गर्दा कास्कीको अन्नपूर्ण गाउँपालिका– ११ स्थित ब्याम्बोमा मङ्गलबार भेटिएका आन्तरिक एवं विदेशी पर्यटकहरु
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको आधार शिविरमा मङ्गलबार अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोगको शालिक अनावरण गर्नुहुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा । अन्नपूर्ण हिमाल आरोहण भएको ७५ औँ वार्षिकोत्सवको अवसरमा शालिक अनावरण, मौरिस हर्जोग पदमार्ग र खुल्ला संग्रहालय उद्घाटन गरिएको हो
Click on Photo to Enlarge
कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित अन्नपूर्ण आधार शिविर पदमार्गमा सोमबार देखिएको तोल्क्यों पोखरीको दृष्य
Click on Photo to Enlarge
कास्कीको अन्नपूर्ण गाउँपालिका – ११ स्थित अन्नपूर्ण आधार शिविरबाट सोमबार देखिएको माछापुच्छ्रे हिमाल
Click on Photo to Enlarge
तनहुँको व्यास नगरपालिका–४ स्थित मादी नदी उपत्यका र वडा नम्बर १० को वैरेनी जाने बाटोको दृश्य