मनाङको ङिस्याङ गाउँपालिका-३ ङावल गाउँमा अवस्थित घलेराजाको दरबारको भग्नावशेष नेपालमा बाइसे-चौबिसे राज्यकालमा मनाङमा घलेजातीले राजकाज चलाएका थिए
Click on Photo to Enlarge
पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिकामा अवस्थित आँबुखैरेनी बजार र आसपासका क्षेत्र
Click on Photo to Enlarge
चितवनको माडी नगरपालिका-८ स्थित ऐतिहासिक वैकुण्ठ ताल । यहाँ भगवान् श्रीरामले स्नान गरेको धार्मिक किंवदन्ती रहेको छ । यहाँ वाला चतुर्दशीमा विशेष मेला लाग्ने गर्दछ । पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्री आउने क्रम बढ्दो छ
Click on Photo to Enlarge
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत बुधबार बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ्ग-तातोपानी कुण्डमा स्नान गर्नुहुँदै
Click on Photo to Enlarge
चितवनको माडी नगरपालिका-८ स्थित बैकुण्ठधाम क्षेत्रमा रहेको धनलक्ष्मी झरना । पूर्वाधार र प्रचारप्रसारको अभावले यस झरना ओझेलमा परेको छ
Click on Photo to Enlarge
गुल्मीको छत्रेकोट गाउँपालिकाको धार्मिक तथा पर्यटकीयस्थल चोयघा मन्दिर । पछिल्लो समय मन्दिरमा थपिएका नयाँ संरचनाले पर्यटकको संख्या समेत थपिएको छ
Click on Photo to Enlarge
मनाङ ङिस्याङ गाउँपालिका–३ मा अवस्थित ङावल गाउँ र अन्नपूर्ण हिमशृङ्खला । यस गाउँ अन्नपूर्ण पदमार्गमा आउने पर्यटनका लागि महत्त्वपूर्ण गन्तव्य रहेको छ
Click on Photo to Enlarge
हरियालीले घेरिएको विश्वको होचो अरुण उपत्यकामा पर्ने सङ्खुवासभाको, खाँदबारी नगरपालिका–९ मा अवस्थित पवित्र शक्तिपीठ मनकामना धाम परिसर । स्व खेमराज गुरुङको ‘वारिजमुना पारिजमुना, जमुनाको फेँदैमा मनकामना’ गीतमा गुन्जिएको यस धाम श्रद्धालुहरूको आस्थाको केन्द्र बनेको छ
Click on Photo to Enlarge
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नारायणप्रसाद (एनपी) साउद मङ्गलबार मनाङ ङिस्याङ गाउँपालिका-६ मा अवस्थित गङ्गापुर्ण हिमालकाे फेदी गङ्गापुर्ण तालमा ध्यान गर्नुहुँदै
Click on Photo to Enlarge
म्याग्दीको सदरमुकाम बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको किनारमा ढलान गरेर बनाइएको पक्की सडक । सघन सहरी विकास तथा भवन आयोजना बागलुङमार्फत बेनी बजारभित्र सवारी साधनको चाप घटाउन बजार बाहिर ९ सय मिटर सडकलाई पक्कि बनाउन रु तीन करोड १९ लाखको लागतमा ढलान गरिएको हो