दाङ देउखुरीको लमही नगरपालिका-५ स्थित लमही बजारबाट शनिबार देखिएको सूर्यास्त र पूर्व पश्चिम् राजमार्ग
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसर धारापानीमा स्थापना गरिएको त्रिशूल । पञ्च धातुबाट बनेको ५५.५ फिट उचाइ रहेको त्रिशूल हेर्नका लागि दैनिक आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन्
Click on Photo to Enlarge
गुल्मीको मुसिकोट नगरपािलका– ७ वामीटक्सारका ज्येष्ठ नागरिक सार्वजनिक चौतारीमा बसेर भजनकृर्तन गर्दै । यसबाट स्थानीय संस्कृतिको जगेर्ना गर्न पहल भएको छ
Click on Photo to Enlarge
चिच्चायर वर माग्ने ठाउॅ गुल्मीको मुसिकोट नगरपालिका–६ स्थित कुर्घा मालिका मन्दिर
Click on Photo to Enlarge
भोजपुरको षडानन्द नगरपालिका-१२ स्थित तुर्के पुल-साम्पाङ-फाली दोबाटो सडकखण्ड कालोपत्र गरिँदै । यहाँ प्रदेश सरकारको लगानीमा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको छ
Click on Photo to Enlarge
समुद्री सतहदेखि तीन हजार ५४० मिटर उचाइमा अवस्थित मनाङको ङिस्याङ गाउँपालिका–६, मनाङ गाउँमा रहेको गङ्गापूर्ण ताल । मनाङ आउने पर्यटकलाई आकर्षण गर्ने गङ्गापूर्ण हिमालको फेदीमा रहेको यो ताल पछिल्लो समय हिमनदी पग्लिदै गएपछि बगर बन्न थालेको छ
Click on Photo to Enlarge
चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु हेर्नका लागि जीप सफारीमा जाने तयारीमा आन्तरिक पर्यटक । खैरहनी नगरपालिका १२ र १३ मा पर्ने यस सामुदायिक वन सौराहा आउने पर्यटकका लागि वन्यजन्तु हेर्न जाने उत्कृष्ट गन्तव्य बन्दै गएको छ
Click on Photo to Enlarge
चितवनको सौराहास्थित राप्ती किनारमा रहेको राइनो होटल परिसरमा बिहीबार बिहान चरिरहेको एकसिङ्गे गैँडा । चितवन राष्ट्रिय निकुन्जका गैँडा, बाघ, हात्तीलगायतका वन्यजन्तु हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक सौराहा आउने गर्छन्
Click on Photo to Enlarge
तनहुँको भिमाद नगरपालिका-१ बडहर भञ्याङमा बुधबारदेखि सुरु भएको कान्छी बजार मेलाका अवसरमा आयोजित खुल्ला मौलिक कौरा प्रतियोगितामा सहभागी हुन आएका कलाकार नृत्य प्रस्तुत गर्दै
Click on Photo to Enlarge
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार आयोजित १५ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनमा मार्चपासमा सहभागी खेलाडीहरू