उदयपुरको त्रिवेणी माध्यमिक विद्यालय कटारी– ४ बाट एसइई दिएर बसेका प्राविधिक धारतर्फका ४० विद्यार्थीहरुले १५ कट्ठामा तरकारी खेती गर्दै । विद्यालय परिसरमै उनीहरुले गरेको तरकारी खेतीबाट प्राप्त आम्दानी विद्यार्थीहरु नै बाँडेर लिन पाउने छन्
Click on Photo to Enlarge
तनहुँको व्यास नगरपालिका-४ स्थित सहिद शान्ति जङ्गल पार्कभित्र रहेको तनहुँ कालिका मन्दिर। दमौली बजारबाट एक किमि दूरीमा रहेको यस ठाउँलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न प्रयास भएका छन्
Click on Photo to Enlarge
तनहुँको सदरमुकाम दमौली बजार र आसपासका दृश्य
Click on Photo to Enlarge
मनाङ ङिस्याङ गाउँपालिका–५ मुङ्जे खाङ्सार सडक र नागबेली मर्स्याङ्दी, नदी पृष्ठभूमिमा ङिस्याङ उपत्यका । जसले मनाङ ङिस्याङ गाउँपालिकालाई सडक सञ्जालको पहुँच र पर्यटकीय आकर्षण केन्द्रको सम्भावनालई जोडेको छ
Click on Photo to Enlarge
डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–८ स्थित यार्सागुम्वा सागर पाटन क्षेत्र र पृष्ठभूमिमा देखिएको हिमश्रृङ्खला
Click on Photo to Enlarge
डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–८ अवस्थित फोक्सुण्डो ताल । भेरी करिडोर सडक योजनामार्फत डोल्पामा सडक सञ्जाल जोडिएसँगै फोक्सुण्डो जान आउन सहज भएको छ
Click on Photo to Enlarge
रुकुम पूर्व सिस्ने गाउँपालिका-३ को पैसेरु समूह मौलिक कला संस्कृतिलाई जगेर्ना गर्न पैसेरु नृत्य प्रस्तुत गर्नुहुँदै
Click on Photo to Enlarge
उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–८ सागर पाटनमा रहेको हिमाल । उपल्लो डोल्पाका हिमाल नै भेरी नदीका पानीका स्रोत हुन्
Click on Photo to Enlarge
तनहुँको व्यास नगरपालिका–३ शिव पञ्चायन मन्दिर नजिकै रहेको बाल उद्यान । ब्रम्हाकुमारी राजयोग केन्द्र दमौलीको व्यवस्थापनमा रहेको बाल उद्यान आन्तरिक पर्यटकको रोजाइमा परेको छ
Click on Photo to Enlarge
तनहुँको म्याग्दे गाउँपालिका-७ पयँरमा रहेको सिद्धेश्वर गुफा । गुफाभित्र शिवलिङ्ग, गणेश, नाग, शङ्खलगायत आकृति झल्कने संरचना रहेका छन्