ललितपुर महानगरपालिका–३ अन्तर्गत पुलचोक क्षेत्रमा नगरपालिकाले सडक सौन्दर्यकरणको अभियानस्वरूप रोपेको विभिन्न प्रजातिका फूलहरू । दुईतर्फी सडकको बिच भागमा रोपिएका रङ्गीचङ्गी फूलहरूले पुलचोक क्षेत्रलाई थप आकर्षक बनाएको छ
Click on Photo to Enlarge
दोलखाको भिमेश्वोर नगरपालिका-६ सिमपानीबाट मौसम खुलेपछि देखिएको सदरमुकाम चरिकोट बजार र आसपासको क्षेत्र
Click on Photo to Enlarge
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार। पछिल्लो समय बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ
Click on Photo to Enlarge
बेँसीसहर–चामे सडक अन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मा शुक्रबार गएको पहिरो हटाउँदै डोजर
Click on Photo to Enlarge
बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्ने र दुम्कीवास क्षेत्रमा सडक अवरूद्व हुँदा अलपत्र परेका यात्रु एवं सवारी साधन
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाङ्गी गाउँस्थित बारीमा आलु खन्दै किसान । आलु खेतीको लागि पकेटक्षेत्र मानिने यस गाउँमा उत्पादन भएको आलु म्याग्दीलगाय पर्वत, बागलुङ, कास्कीमा निर्यात गरिन्छ
Click on Photo to Enlarge
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको परम वैदिक सनातन धार्मिक आश्रम तथा लक्ष्मीहरि मन्दिर । यहाँ मुक्तिनाथ जाने आउने तिर्थयात्रीहरुको लागि निशुल्क आवास र भोजनको सुविधा रहेको छ
Click on Photo to Enlarge
पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार ऐेतिहासिक त्रिशुल जात्रा गरिँदै । नेपाल भाषामा (मचाति जात्रा) भनिने याे जात्रा पशुपति क्षेत्रका वछलेश्वर र वज्रघरमा राखिएकाे विशेष प्रकारकाे रथमा कुमार गणेश रूपी बालकलाई त्रिशुलले छेड्न गरेर रथमा राखेर भक्तजनबाट रथ बाेकेर परिक्रमा गरिन्छ । जयबागेश्वरकाे खटमामा एक कुमार र दुई कुमारी रहन्छ
Click on Photo to Enlarge
जाजरकोट सदरमुकामबाट देखिएको रुकुम पश्चिम चौरजहारी नगरपालिकाको मिसन अस्पताल क्षेत्र । भेरी नदीको माथिल्लो भागमा अवस्थित यो क्षेत्र नयाँ सहर आयोजनाका लागि कामसमेत भइरहेको छ
Click on Photo to Enlarge
सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ स्थित बाह्रबिसे बजारमा रहेको गाउँपालिका केन्द्र