तनहुँको म्याग्दे गाउँपालिका-७ पयँरमा रहेको सिद्धेश्वर गुफा । गुफाभित्र शिवलिङ्ग, गणेश, नाग, शङ्खलगायत आकृति झल्कने संरचना रहेका छन्
Click on Photo to Enlarge
गुरुङ सम्पदा पदमार्ग अन्तर्गतको ऐतिहासिक एवम् धार्मिक महत्वको लमजुङ र मनाङको सिमानास्थित दुधपोखरी । विगतमा पानीले भरिभराउ हुने यो पोखरी अहिले भने सुक्दै गएको छ
Click on Photo to Enlarge
गुरुङ सम्पदा पदमार्ग अन्तर्गतको ऐतिहासिक एवं धार्मिक महत्वको लमजुङ र मनाङको सिमानास्थित दुधपोखरी क्षेत्रबाट देखिएको हिमाली दृश्य
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका- १ बुकास्थित भोटेदह
Click on Photo to Enlarge
दाङको दङ्गीशरण गाउँपालिका-५ स्थित थारु सङ्ग्रहालय भित्र स्थापना गरिएको घोंघीको प्रतिमा । यस सङ्ग्रहालयको अवलोकन गर्न आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ
Click on Photo to Enlarge
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ स्थित मुस्ताङ—डोल्पा सडकको फल्याक गाउँ माथिको डाँडाबाट सूर्यास्त हुँदै गर्दा कैद गरिएको नीलगिरि हिमाल र आसपासको भूगोल
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रा (खोपारा)बाट आइतबार बिहान बादलको घुम्टोभित्र देखिएको अन्नपूर्ण हिमालको दृश्य । समुद्री सतहदेखि तीन हजार ६६० मिटर उचाईमा रहेको खोप्राबाट हिमशृङ्खला, पहाडी भूगोल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ
Click on Photo to Enlarge
काठमाडौँको तारकेश्वर नगरपालिका -१० स्थित मनमैजुमा आज बिहान परेको पानीमा छाता ओढेर गन्तव्यतर्फ जाँदै विद्यार्थी तथा सर्वसाधारण
Click on Photo to Enlarge
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित कागबेनीधाम नजिकै रहेको कालीगण्डकी र कागखोलाको दोभान । पृष्ठभूमिमा शनिबार देखिएको निलगिरि हिमाल र आसपासको क्षेत्र
Click on Photo to Enlarge
खोटाङको दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा शनिबार आयोजना गरिएको साकेला उँभौली चाड समापनको अवसरमा तस्बिर खिचाउँदै किरात युवायुवती । किराती समुदायले वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उँभौली र मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली साकेला चाड मनाउँदै आएका छन्