डोल्पा, कात्तिक १५ गते । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढ क्षेत्रमा अलपत्र परेका ६ जना भारतीय पर्यटकको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे–फोक्सुण्डो तालको अवलोकन यात्रा सम्पन्न गरी माथिल्लो डोल्पातर्फ पदयात्रामा निस्किएका उनीहरू अचानक भएको भारी हिमपातका कारण बाटोमै फस्न पुगेका थिए।
अलपत्र पर्ने भारतीय नागरिकहरूमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका छन्। पर्यटकहरू फसेको क्षेत्रमा सञ्चार नेटवर्कको पूर्ण अभावका कारण उनीहरूसँग सीधा फोन सम्पर्क हुन सकेको छैन। यद्यपि, उनीहरू हाल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तैनाथ नेपाली सेनाको टोलीसँग सम्पर्कमा रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभएको छ।
गत कात्तिक १२ गतेदेखि नै माथिल्लो डोल्पा क्षेत्रमा सबै प्रकारका पदयात्रीहरूलाई जान रोक लगाइएको थियो। तर, चेतावनी र प्रतिवन्धको बेवास्ता गर्दै उनीहरू त्यसतर्फ गएका कारण यो जोखिम उत्पन्न भएको हो। मौसममा आएको अचानकको प्रतिकुलता र भारी हिमपातका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सबै पर्यटक तथा स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रतिकूल मौसमका बाबजुद नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई सुरक्षित रूपमा उद्धार गर्ने कार्य तीव्र पारिएको छ। पछिल्लो समय हिमाली क्षेत्रमा देखिएको अचानकको मौसम परिवर्तनले पदयात्रामा जाने पर्यटकहरूलाई ठुलो जोखिम थप्ने गरेको छ।
| विवरण | तथ्य / जानकारी |
| घटना | भारी हिमपातका कारण डोल्पाको दानीगढमा पर्यटक फसेको |
| उद्धार कार्य | नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार प्रयास सुरु |
| फसेका पर्यटकहरू | ६ जना भारतीय नागरिक (मोमिता हाल्डर, पियाली कोले, आदित्या सिंहलगायत) |
| जानकारी दिने अधिकारी | जुनु हमाल ढकाल (प्रमुख जिल्ला अधिकारी, डोल्पा) |
| स्थान | शे–फोक्सुण्डो गाउँपालिका–८, दानीगढ (डोल्पा) |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










प्रतिक्रिया दिनुहोस्