काठमाडौँ, कात्तिक १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदका लागि उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गर्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा सम्पन्न बैठकले ‘क्यान्डिडेट क्लब’ मार्फत उक्त आवेदन खुला गर्ने निर्णय गरेको हो।
उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र वैज्ञानिक बनाउन बैठकले विभिन्न सातवटा उपसमितिहरूसमेत गठन गरेको छ। पार्टी प्रवक्ता जगदीश खरेलले दिएको जानकारी अनुसार गठन गरिएका उपसमितिहरूमध्ये ‘क्यान्डिडेट क्लब’ को संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोशिमा कार्की र क्षमता विकास समन्वय उपसमितिमा टासी ल्हाजोमलाई जिम्मेवारी तोकिएको छ।
स्थानीय तहको निर्वाचनमा योग्य, सक्षम र जनताप्रति उत्तरदायी नेतृत्व चयन गर्ने उद्देश्यले रास्वपाले पूर्वतयारी स्वरूप उम्मेदवार छनोटको प्रक्रियालाई अगाडि बढाएको छ। यस किसिमको खुला प्रतिस्पर्धात्मक र व्यवस्थित प्रणालीले पार्टीभित्र योग्य व्यक्तिहरूको सहभागिता बढाउने र निर्वाचनमा सकारात्मक प्रभाव पार्ने पार्टीको विश्वास रहेको छ।
रास्वपाले उम्मेदवार बन्न चाहनेहरूका लागि तोकिएको मापदण्ड र प्रक्रियासहित छिट्टै विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। स्थानीय तहमा बलियो संगठन विस्तार गर्दै पार्टीको विचार र सिद्धान्तलाई तल्लो तहसम्म पुर्याउन यो कदम महत्वपूर्ण हुने ठहर गरिएको छ।
| विवरण | तथ्य / जानकारी |
| पार्टी | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) |
| निर्णय | स्थानीय तह (महानगर/उपमहानगर) वडाध्यक्ष र वडा सदस्यका लागि आवेदन खुला |
| बैठक स्थान | केन्द्रीय कार्यालय, वनस्थली |
| समितिका संयोजक | विपिनकुमार आचार्य (महामन्त्री) |
| प्रमुख उपसमिति संयोजकहरू | कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, जनकसिंह धामी, डा. तोशिमा कार्की, टासी ल्हाजोम |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










प्रतिक्रिया दिनुहोस्