हुम्ला, कात्तिक १५ गते । हिमाली जिल्ला हुम्लामा विगत तीन दिनदेखि हवाई सेवा पूर्ण रूपमा अवरुद्ध हुँदै आएको छ। गत शुक्रबार बिहानैदेखि सुरु भएको वर्षा र खराब मौसमका कारण अवरुद्ध बनेको उडान आइतबार मौसममा सुधार आउँदासमेत सञ्चालन हुन सकेको छैन।
नेपाल नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाका निमित्त प्रमुख जगत मल्लका अनुसार शुक्रबार र शनिबार प्रतिकूल मौसमका कारण उडान हुन सकेको थिएन भने आइतबार मौसम सफा भए पनि कुनै पनि उडान हुन सकेन।

गत शुक्रबार नेपाल वायुसेवा निगमको जहाज नेपालगन्जबाट सिमकोटको लागि उडेको भए पनि कालिकोटको खराब मौसमका कारण बीच बाटोबाटै फर्किन बाध्य भएको थियो।
त्यस्तै, शनिबार तारा एयरको जहाजले नेपालगन्जबाट सिमकोटका लागि उडान भर्ने तयारी गरे पनि इनरुटको मौसम खराबीले उडान हुन सकेन। सिमकोटमा पानी परिरहनु र उडान मार्गमा मौसम प्रतिकूल हुनुले दुई दिनसम्म उडान रोकिएको थियो भने आइतबार मौसम खुल्दा पनि उडान नभएपछि आवतजावत ठप्प भएको हो।

हवाई सेवा लगातार अवरुद्ध हुँदा नेपालगन्ज तथा सुर्खेतबाट हुम्ला जानुपर्ने र हुम्लाबाट बाहिरिनुपर्ने दुवैतर्फका यात्रुहरू बिचल्लीमा परेका छन्। अत्यावश्यक कामले यात्रा गर्न खोजेका स्थानीयवासी, बिरामी तथा पर्यटकहरू विमानस्थलमै अलपत्र पर्ने अवस्था आएको छ। हुम्ला यातायातको भरपर्दो सडक सञ्जालसँग अझै पूर्ण रूपमा जोडिन नसकेको कारण हवाई सेवानै मुख्य विकल्प रहेकाले उडान बन्द हुँदा जनजीवन प्रभावित बन्ने गरेको छ।

सम्बन्धित वायुसेवा कम्पनी र उड्डयन कार्यालयले मौसममा आएको क्रमिक सुधारसँगै रोकिएका उडानहरूलाई प्राथमिकताका साथ सञ्चालन गरी यात्रुहरूलाई गन्तव्यमा पुर्याउने व्यवस्था मिलाउनुपर्ने माग स्थानीयले गरेका छन्।
| विवरण | तथ्य / जानकारी |
| प्रभावित क्षेत्र | हुम्ला जिल्ला (सिमकोट विमानस्थल) |
| समस्या | लगातार तीन दिनदेखि हवाई सेवा अवरुद्ध |
| कारण | खराब मौसम, वर्षा र उडान मार्ग (इनरुट) को प्रतिकूलता |
| प्रभावित उडानहरू | नेपाल वायुसेवा निगम र तारा एयरका उडानहरू रद्द तथा प्रभावित |
| जानकारी दिने | जगत मल्ल (निमित्त प्रमुख, नेपाल नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखा) |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







प्रतिक्रिया दिनुहोस्