

मुस्ताङ, भदौ २४ गते । नेपाल र चीन (तिब्बत) को सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मङ्गलबार राति र बुधबार बिहान लगातार दुई पटक ४ रेक्टर स्केलभन्दा ठुला भूकम्पका धक्का महसुस गरिएका छन्।
मङ्गलबार राति ९:५३ बजे र बुधबार बिहान १:०५ बजे गएको भूकम्पका कारण स्थानीयवासी तथा पर्यटकहरू डरले घर र होटल छाडेर खुला चौरमा रात बिताउन बाध्य भएका छन्।
भूकम्पविद् डा. शिव सुवेदीका अनुसार ४ रेक्टरभन्दा ठुला भूकम्पका धक्का केन्द्रबिन्दु आसपास धेरै टाढासम्म महसुस हुने र पराकम्पनहरू पटक-पटक आउन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसीनुर्वु गुरुङले गोरखा भूकम्पपछि मुस्ताङमा पहिलोपटक यति ठुलो धक्का महसुस गरिएको जानकारी दिनुभयो।
भूकम्पको धक्का छिमेकी जिल्लाहरू म्याग्दी र पर्वतसम्म समेत महसुस गरिएको थियो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक ईश्वर महतका अनुसार अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन र अवस्था सामान्य रहेको छ। यद्यपि, राष्ट्रिय भूकम्प मापन केन्द्रले यो नयाँ भूकम्प हो या पुरानैको पराकम्पन भन्नेबारे आधिकारिक पुष्टि गर्न बाँकी छ।
धौलागिरि क्षेत्रमा विगत तीन दशकयता बागलुङको बोवाङ केन्द्रबिन्दु भएर ४.९ रेक्टरको भूकम्प गएको थियो भने म्याग्दी र बागलुङ आसपासका क्षेत्रमा समय-समयमा ४ रेक्टरभन्दा माथिका भूकम्प जाने गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































