

काठमाडौं, भदौ २३ गते । भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरो प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले १ करोड १ लाख रुपियाँ सहयोग गरेको छ। वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सो सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो।
हालैको बाढीपहिरोका कारण वर्ल्डलिंकको आफ्नै नेटवर्क तथा पूर्वाधारमा समेत ठुलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार कम्पनीले करिब ३.५ करोड रुपियाँ बराबरको प्रत्यक्ष क्षति व्यहोरेको छ। क्षति पुगेको तीन दिनभित्रै प्रभावित क्षेत्रको नेटवर्क पुनःस्थापना गरी सेवा सुचारु गरिएको कम्पनीले जनाएको छ।
नेपालको डिजिटल कनेक्टिभिटीमा अग्रणी भूमिका निर्वाह गर्दै आएको वर्ल्डलिंकले व्यावसायिक दायित्वसँगै सामाजिक र राष्ट्रिय उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको छ। राष्ट्रलाई कठिन समय परेको बेला निजी क्षेत्रले सरकार र नागरिकसँग हातेमालो गर्नु आवश्यक रहेको भन्दै कम्पनीले यो सहयोगले प्रभावितको पुनस्थापना र पुनर्निर्माणमा योगदान पुग्ने अपेक्षा राखेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































