

नारायणगढ, भदौ २१ गते । कृष्णभिरसहित पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यास अभाव समाधान गर्न उपत्यकाबाहिरका जिल्लाबाट दैनिक औसत ३५ हजार सिलिन्डर पठाउन थालिएको छ।
नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग गरी बाहिरै सिलिन्डर भरेर ल्याउन अनुमति दिएपछि बिहीबारदेखि ढुवानी सुरु गरिएको नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले जानकारी दिनुभयो।
उद्योगीहरूले चितवन, मकवानपुर, बारा, पर्सा, नवलपुर र धनुषा लगायतका जिल्लाहरूमा रहेका ग्यास उद्योगहरूबाट सिलिन्डर भरेर हेटौँडा–भीमफेदी वा अन्य वैकल्पिक मार्ग हुँदै काठमाडौँ पठाइरहेका छन्।
साल्ट ट्रेडिङ कर्पोरेसनले समेत धादिङस्थित आफ्नो प्लान्टमा बुलेट पुग्न नसकेपछि निजी क्षेत्रका बाबा र मनोज ग्यासका प्लान्टसँग सहकार्य गरी ‘एसटिसी सिलिन्डर’ मा ग्यास भरेर काठमाडौँ पुर्याइरहेको छ। सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यास खपत हुने गर्छ।
यसरी वैकल्पिक मार्ग र दूरी बढेर ढुवानी गर्नुपरेकाले नेपाल आयल निगमले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा थप मूल्य निर्धारण गरेको छ। यसअघि प्रतिसिलिन्डर २,०६० रुपैयाँ रहेको ग्यासको मूल्य हाल बढाएर २,१६५ रुपैयाँ ३८ पैसा तोकिएको छ।
| विवरण (Detail) | जानकारी (Information) |
| वर्तमान स्थिति | उपत्यकाबाहिरबाट दैनिक ३५,००० सिलिन्डर पठाउन थालिएको |
| काठमाडौँको दैनिक खपत | सामान्य अवस्थामा ४०,००० सिलिन्डर |
| सिलिन्डर भरिने मुख्य जिल्लाहरू | चितवन, मकवानपुर, बारा, पर्सा, नवलपुर, धनुषा |
| समायोजित मूल्य | प्रतिसिलिन्डर रु २,१६५.३८ (साबिकभन्दा रु १०५.३८ बढी) |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































