बग्दाद, भदौ २० गते । मध्य पूर्वमा बढ्दो क्षेत्रीय द्वन्द्वका कारण इराकमा पेट्रोल आपूर्तिमा कमी आउँदा राजधानी बगदाद र अन्य प्रान्तहरूका सरकारी इन्धन स्टेशनहरूमा सवारी साधनको लामो लाइन लागेको छ।
युद्धका कारण हर्मुजको जलमार्ग अवरुद्ध हुँदा इराकी बन्दरगाहहरूमा इन्धन बोकेका ट्याङ्करहरू समयमै आइपुग्न ढिलाइ भइरहेको त्यहाँको ऊर्जा मन्त्रालयले जनाएको छ।


अभावको हल्लासँगै उपभोक्ताहरूले इन्धन भण्डारण गर्न थालेपछि इराकमा दैनिक ३ करोड ३० लाख लिटर रहने पेट्रोलको माग बढेर ३ करोड ८० लाख लिटर पुगेको छ। ऊर्जा मन्त्री बासेम मोहम्मद खुदैरले यो अभाव अल्पकालीन मात्र भएको र आपूर्ति सहज बनाउन नयाँ ढुवानी चाँडै आइपुग्ने स्पष्ट पार्दै नागरिकहरूलाई आवश्यकताभन्दा बढी इन्धन भण्डारण नगर्न आग्रह गर्नुभएको छ।


अमेरिका-इरान द्वन्द्वका कारण इराकको तेल उत्पादन र निर्यातमा समेत भारी गिरावट आएको छ। फेब्रुअरीमा युद्ध सुरु हुनुअघि इराकले दैनिक ४० लाख ब्यारेल कच्चा तेल उत्पादन गरी ३४ लाख ब्यारेल निर्यात गर्ने गरेकोमा अगस्ट महिनामा निर्यात घटेर २२ लाख ब्यारेल (BPD) मा सीमित भएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























