हङकङ, भदौ ७ गते । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा आफ्नो लगानी विस्तार गर्न हङकङमा नयाँ शेयर निष्कासनमार्फत ८० अर्ब हङकङ डलर (करिब १०.२ अर्ब अमेरिकी डलर) जुटाउने योजना बनाएको छ। कम्पनीको अन्तर्राष्ट्रिय एआई नेतृत्वलाई सुदृढ र विस्तार गर्ने उद्देश्यले यो कदम चालिएको अलिबाबाले जनाएको छ।


शेयर निष्कासनबाट प्राप्त सम्पूर्ण रकम एआई सम्बन्धी पूर्वाधार विस्तार तथा आफ्नो ‘फुल–स्ट्याक एआई क्षमता’ अभिवृद्धिमा खर्च गरिनेछ। कम्पनीले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक वित्तीय विवरण अनुसार राजस्व करिब २६९ अर्ब युआन पुगेको छ, जसले विश्वव्यापी रूपमा एआई प्रविधिको बढ्दो मागलाई स्पष्ट पार्दछ।


अलिबाबाको खुला स्रोतमा आधारित ‘क्वेन’ एआई मोडेल हाल विश्वभरका विकासकर्ताहरूमाझ निकै लोकप्रिय बन्दै गएको छ। शेयरधारकहरूले एआई लगानीको प्रतिफलमा चासो देखाइरहेका बेला कम्पनीले यो नयाँ पुँजीमार्फत एआई क्षेत्रमा आफ्नो स्थिति अझ मजबुत बनाउने लक्ष्य राखेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































